पूर्वराजा ज्ञानेन्द्रले भेट गरे छोरा पारसलाई

काठमाडौं, फाल्गुन १७ ,

पूर्वराजा ज्ञानेन्द्र शाहले बैंककको समितिभेज अस्पतालमा छोरा पारसलाई भेटेका छन् । फागुन ८ गतेदेखि अस्पतालमा रहेका पूर्वयुवराज पारसलाई भेट्न पूर्वराजा बुधबार श्रीमती र नातिनातिनासाथ गएका थिए । हृदयघात भएपछि अस्पताल भर्ना भएका पारसको चेत अझै खुलेको छैन ।

एनआरएन थाइल्यान्डका सचिव सुनिल खड्काका अनुसार पूर्वराजदम्पत्तिले बुधबार साँझ नै छोरा पारसलाई भेटेका हुन् । अस्पतालले बुधबार साँझ जारी गरेको विज्ञप्तीमा भने रातगोडामा सहज चाल देखिएको तथा औषधिबिनै रक्तचाप तथा मुटुको धड्कन नियन्त्रणमा आएको उल्लेख छ ।

यसैबीच गैर आवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछानेले उपचाररत पारसको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । एनआरएन थाइल्यान्डका सचिव सुनिल खड्कामार्फत उनले स्वास्थ्यलाभको कामना गरेका हुन् । (स्रोत-इकान्तिपुर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com