वीरगन्जमा मापसेविरुद्ध कारबाही अभियान सुरु

वीरगञ्ज, फागुन ११,

मादकपदार्थ सेवन गरी सवारी चलाउने (मापसे)विरुद्ध पर्सा प्रहरीले वीरगन्जमा कारबाही अभियान सुरु गरेको छ।

उक्त अभियानअन्तर्गत बिहीबार १५ जनालाई पक्राउ गरी उनीहरूबाट कारबाहीस्वरुप रु १५ हजार राजस्व सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजेन्द्र बिष्टले बताए।

"मापसेविरुद्धको कारबाहीलाई हामीले अभियानका रूपमा सुरु गरेका छौँ", प्रहरी नायब उपरीक्षक बिष्टले भने-'मापसेमा पक्राउ परेकालाई एकरात हिरासतमा राखेर भोलिपल्ट प्रशिक्षण दिएर जरिवानासहित छाड्ने गरेका छौं।'

मापसेविरुद्धको कारबाहीमा पक्राउ परेकालाई यसबाट हुने जिउधनको क्षतिबारे समेत जानकारी गराइ प्रहरी सचेतना अभियानलाई सँगसँगै अघि बढाइएको उनको कथन थियो।

चालु आर्थिक वर्षको पहिलो सात महिनामा ३८४ जनालाई कारबाही गरी उनीहरूबाट रु तीन लाख ८४ हजार जरिवाना असुलउपर गरेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com