बागलुङ, फागुन ११,
रोजगारीको लागि अस्ट्रेलिया पुगेका युवाहरूले यहाँको एक गाउँको विद्यालयमा भवन निर्माण गरेका छन्। अस्ट्रेलियामा रहेको 'सहयोगी हात' नामका सञ्जालले जिल्लाको छिस्ती गाविसको पृथ्वी प्राविमा पक्की भवन निर्माण गरेको हो।
रोजगारीको सिलसिलामा अस्ट्रेलियामा पुगेका नेपालीबाट आर्थिक सहयोग जुटाएर उक्त भवन निर्माण गरिएको हो। उक्त भवन निर्माणको लागि सञ्जालले रु चार लाख सहयोग गरेको थियो।
सो भवनको हिजो उद्घाटन गर्दै सञ्जालका विक्रम विवसले रोजगारी र अध्ययनका लागि विदेशमा पुगेका नेपालीको आर्थिक सहयोगबाट भवन निर्माण भएको बताए।
विदेशमा बस्ने नेपालीले आफ्नो खाजा खर्च कटौती गरेर नेपालमा शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा सहयोग गरिरहेको विवसले बताउनुभयो। कुल रु नौ लाख ७६ हजारमा निर्माण भएको भवनको रकममध्ये सहयोगी हाल अस्ट्रेलियाले रु चार लाख, जिल्ला शिक्षा कार्यालयले रु एक लाख र स्थानीयले रु चार लाख ७६ हजार बराबरको श्रमदान गरेका थिए। रासस:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै