काठमाडौं, फागुन ११,
पशुपतिनाथका प्रमुख अर्चक (मूलभट्ट) महावलेश्वरले इलाहावादको त्रिवेणी महाकुम्भबाट ल्याइएको जलले पशुपतिनाथको आज बिहान विधिपूर्वक महास्नान गराए। विश्वमा शान्ति, देश र देशवासीको समृद्धिको कामना गर्दै पशुपतिनाथलाई महास्नान गराइएको संहिता शास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए।
उनले इलाहावादमा दस दिने कल्पवास पूरा गरी ल्याउनुभएको जल तथा पञ्चामृतबाट पशुपतिनाथको महास्नान सम्पन्न गरिएको राससलाई बताए।
बाँस्तोलाका अनुसार महाकुम्भ यसअघि २५६ वर्ष अगाडि परेको र अब १४४ वर्षपछि मात्र पर्ने जानकारी दिँदै सूर्य, चन्द्र एकै राशिमा परेको, बृहस्पति वृष राशि तथा मौन अमावश्या र श्रीपञ्चमीको बीचमा कुम्भ सङ्क्रान्ति परेका अवस्थामा महाकुम्भ योग पर्छ र यसैलाई महाकुम्भ भन्ने गरिन्छ। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै