गौर, फागुन १०,
रौतहट जिल्लामा आज एक नाबालकको घाँटी रेटी हत्या भएको छ। कर्कच कर्मैया गाविस-९ टिकुलिया टोलका विनोद राय यादवका सात वर्षीय छोरा शिवजी राय यादवको आज दिउँसो १ बजे हत्या गरी गाउँकै दक्षिणपट्टि रहेको उखु खेतमा फालिएको अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।
नाबालक शिवजी आज बिहान घरबाटै हराएका थिए। खोजी गर्दै गर्दा उनलाई उखुको खेतमा मृत अवस्थामा भेटाइएको प्रहरी नायब निरीक्षक शोभणविक्रम राणाले जानकारी दिए।
हत्या किन र कसले गरेको भन्नेबारे खुल्न सकेको छैन।
उनको शव परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान गर्न प्रहरी उपरीक्षक गोविन्दराम परियार टोलीसहित घटनास्थल पुग्नुभएको छ। रासस:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै