संस्कृत पढ्दै मुस्लिम बालबालिका

काठमाण्डौ फागुन १०,

झापाको दमक नगरपालितका १२ का देवीप्रसाद कोइराला पेसाले कर्मकाण्डी ब्राम्हण हुन् । उनी हिन्दु धर्मावलम्बीको जन्म मृत्युको कर्म चलाउने पेसा गर्छन् ।

तर, दमकका कहलिएका ब्राम्हणको सूचीमा पर्ने सनातन हिन्द धर्मका अध्येता उनै कोइरालाले मुस्लिम विद्यालय सञ्चालन गर्न जग्गा दान गरेका छन् । उर्दू भाषा पढाई हुने मदरसा निर्माण गर्न पण्डित कोइरालाले आफ्नो नामको दमक १२ सयपत्री टोल स्थित १० लाख मूल्य पर्ने एक कठ्ठा जग्गा दान दिएका हुन् ।

उनले जग्गा दिएपछि सयपत्री टोलमा मदरसा निर्माण भई पठनपाठन सुरु भएको छ । अहिले दमक क्षेत्रका ७० जना मुस्लिम बालबालिकाले त्यहाँ पढ्ने अवसर पाएको छ । कोइरालाले भने, यो धर्म उ धर्म नभनी मसँग भएको जग्गा विद्यालय चलाउन दान दिएको हुँ । अहिले भवन बनेपछि धेरै केटाकेटीले पढ्ने अवसर पाएका छन् ।

संस्कृत पढ्दै मुस्लिम बालबालिका :
कपिलबस्तुको तौलिहवाका आधा दर्जन मस्जिदमा बिहान मुस्लिम समुदायले नवाज पढिरहेका बेला सोही समुदायका केही बालबालिकाले भने संस्कृतको श्लोक र शब्द घोकिरहेका हुन्छन् ।

नवाज पढ्ने बेलामा श्री तौलेशवरनाथ संस्कृत उच्च माध्यमिक विद्यालयमा मुस्लिम समुदायका सयभन्दा बढी बालबालिका संस्कृत पढिरहेका भेटिन्छन् । निजी विद्यालयसहित आधा दर्जन बढी सरकारी मावि रहेको तौलिहवामा स्वेच्छाले आफूहरु संस्कृत पढ्न आएको उनीहरु बताउँछन् ।

जिल्लाको एकमात्र संस्कृत पढाई हुने सो विद्यालयमा तौलिहवा तथा वरपरका गाविसका मुस्लिम समुदायका विद्यार्थी पढ्न आउने गरेको छ ।(source-nepalbritain)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com