पारसको स्वास्थ्य अवस्था अझै स्थिर

काठमाण्डौ फागुन १०,

हिमानी छिट्टै बैंकक जाने 

हृदयघात भएर अस्पताल भर्ना गरिएका पूर्व युवराज पारस शाहको स्वास्थ्य अवस्था अझै स्थिर रहेको छ । थाइल्याण्डमा रहेका पारसलाई हृदयघात भएपछि मंगलबार राति बैङ्ककको एक अस्पतालमा भर्ना गरिएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार पारसलाई गम्भीर प्रकारको हृदयघात भएको छ ।

विस्तृत स्वास्थ्य परीक्षणपछि मात्र उहाँको अवस्थाबारे जानकारी दिने चिकित्सक हरुले बताएका छन् । पारसको अवस्था बुझ्न उहाँकी बहिनी प्रेरणा, पूजा शाही, डा. राजीव शाही, दिलासा र आदर्शविक्रमण राणा बुधबार बैङ्कक गएका छन् । विरामी भएर काठमाडौको नर्भिक अस्पतालमा भर्ना भएकी कान्छी छोरी कृतिका डिस्चार्ज भएमा पूर्व युवराज्ञी हिमानी बेलुकीसम्म बैंकक जाने तयारी छ ।

कृतिकाको स्वास्थ्यमा सुधार हुँदै गएकाले हिमानी पारसलाई भेट्न छिट्टै बैङ्कक जाने उहाँ निकट स्रोतले जनाएको छ । केही दिनदेखि सिमरामा रहेका पूर्व राजा ज्ञानेन्द्र र पूर्व रानी कोमल भने अझै काठमाडौ फर्कनुभएको छैन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com