सुत्केरीलाई बलात्कार गर्ने पक्राउ

गजुरी (धादिङ), फागुन १६ ,

घरभित्र सुत्ने स्थान नभएर पिँडीमा सुतेकी एक चेपाङ सुत्केरी सोमबार राति १२ बजे बलात्कृत भएकी छन्। धुषा गाविस-९ ग्रन्सीवास निवासी ४२ वर्षीय मीनबहादुर आलेमगरले सुत्केरीलाई बलात्कार गरेकाले स्थानीयवासीको सहयोगमा प्रहरीले उनलाई हिजो पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विकासराज खनालले बताए ।

पीडित महिलाको पति घरमा नभएको अवस्थामा सुत्केरीलाई बलात्कार गरेकाले कडा कारबाही गर्नुपर्ने माग गर्दै पीडितका पतिले जिल्ला प्रहरी कार्यालय धादिङमा हिजै जाहेरी दर्ता गराएका छन्। पीडक आलेमगरविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको र पीडकलाई सोहीअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ। पीडित महिलाको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com