म्याराडोनाको सपना

ब्युनर्स आयर्स, फागुन १०,

डिएगो म्याराडोनाले आफ्ना नवजात छोरा डिएगो फर्नान्डोलाई अर्जेन्टिनी राष्ट्रिय टोलीमा लियोनल मेसी र सर्जियो अग्विरोका सन्तानसँग खेलेको हेर्ने इच्छा रहेको मंगलबार बताएका छन्। म्याराडोनाकी पूर्वप्रेमिका भिक्टोरिया ओजेडाले गत साता ब्युनर्स आयर्समा डिएगो फर्नान्डोलाई जन्म दिएकी थिइन्। 

मेसीका छोराको उमेर साढे तीन महिनाको छ भने अग्विरोका छोरा मंगलबार चार वर्ष पुगेका छन्। 'तीमध्ये एक मिडफिल्डर हुने छन्। मेरो विचारमा थियागो (मेसी) ले अरुलाई नेतृत्व गर्नेछन्। बेन्जामिन (अग्विरो) ले फरवार्डका रूपमा खेल्नेछन् भने थियागो डिएगो फर्नान्डोसँग खेल्नेछन्,' दुबईबाट अर्जेन्टिनाको रेडियो स्टेसनसँग कुरा गर्दै म्याराडोनाले भने। 

बेन्जामिन अग्विरोका हजुरबुवा म्याराडोनाले व्यावसायिक कामबाट मुक्ति पाउनेबित्तिकै छोरालाई भेट्न ब्युनर्स आयर्स जाने बताए। 'जुन महिनासम्म मैले दुबई छोड्न मिल्दैन। त्यसपछि म तत्काल अर्जेन्टिना जानेछु, तर त्यहाँ लामो समय भने बस्न सक्दिनँ,' अर्जेन्टिनाका पूर्वकप्तान तथा प्रशिक्षक ५२ वर्षे म्याराडोनाले भने, 'म हरेक समय डिएगो फर्नान्डोलाई हेरचाह गरिरहनेछु। 

उसले जीवनमा आवश्यक सबथोक पाउनेछ।' पूर्वपत्नी क्लाउडिया भिलाफेनबाट म्याराडोनाका दुई छोरी डाल्मा र जियानिना छन्। १९८० को दशकमा इटालियन सिरी 'ए' को टोली नेपोलीबाट खेल्दा म्याराडोनाका डिएगो जर नामका एक छोरा जन्मिएका थिए। 

म्याराडोनाकै भनाइमा एक दिनको सम्बन्धको भरमा ती छोराको जन्म भएको थियो। विश्व फुटबलका सर्वकालीन महान् फुटबलर म्याराडोना सेप्टेम्बरमा युएईको क्लब अल वास्लबाट प्रशिक्षकका रूपमा बर्खास्त भएको दुई दिनपछि दुबईमा सम्मानित खेलकुद दूत नियुक्त भएका थिए।रोयटर्स !

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com