काठमाडौं ९ फागुन,
सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले
वर्तमान राजनीतिक गतिरोधको अन्त्य चुनावबाट मात्रै हुने भएकोले
दलहरुले विष पिएर प्रधानन्यायधिसको नेतृत्व स्विकारेको स्पष्टोक्ति
दिएका छन् ।
मन्त्री यादवले भने–अहिलेको अबस्थामा चुनावको विकल्प छैन, यदी
मुलुकले निकास पाउँछ भने अप्रिय निर्णय गरेर भएपनि अगाडि
बढ्दा नै लोकतन्त्रको रक्षा हुन्छ ।
रिपोर्टर्स क्लब नेपालमा बुधबार लक्ष्मण पौडेलद्वारा लिखित र
ाजनीति र कन्ने एक नामक पुस्तकको विमोचन गर्दै मन्त्री यादवले
अन्य विकल्पहरुमा सहमति हुन नसक्दा नचाहँदा नचाहँदै पनि प्र
धानन्यायाशीसको नेतृत्वमा सहभागि भएर चुनाव सम्पन्न गरी
मुलुकलाई निकास दिनुपर्ने अवस्था आएको बताए ।
उनले प्रधानन्याधिसले दलहरुको आग्रहलाई स्विकारेर मुलुकलाई
निकास दिन चुनावी सरकारको नेतृत्व स्विकार्ने विश्वास समेत ब्यक्त गरे ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले प्र
धानन्यायाशीसको अध्यक्षतामा चुनावी सरकार गठन गरेर मुलुकलाई
निकास दिनुपर्ने बताए । अब पनि दलहरुले अडान कायम राखे मुलुकले
त्यसलाई थेग्न नसक्ने भन्दै दलहरुलाई आफ्नो दलगत स्वार्थ
त्यागेर मुलुकको अवस्थाप्रति गंभिर हुन सुझाव दिए । उनले विदेशमा
रहेर पनि नेपाली भाषाको विकास र विस्तारमा योगदान दिएकोमा ले
खकलाई धन्यबाद दिदै पुस्तकबाट विदेशको भोगाईको बारेमा ने
पालीले राम्ररी बुझ्ने बताए ।
पुस्तकका लेखक लक्ष्मण पौडेलले नेपालको राजनीतिक अस्थिरताको कार
ण लाखौं युवा युवतीहरुले विदेशमा दयानीय अवस्था विताउँनु परेको
जानकारी दिए ।
उनले भने– म दक्षिण कोरियामा काम गर्दै आएको छु,
पुस्तकमा समिटिएका पिडा विदेशमा बस्दै आएका सारा नेपालीहरुको
पीडा पोखिएको अनुभव गरेको छु ।
स्याङ्जा धरमपानीका लक्ष्मणको फुटकर कविता, गीत, निबन्ध, लोक
गीत प्रकाशित गरिसकेका छन् भने माला गीत संग्रह, यावेशी उपन्यास
र राजनीति–२ उपन्यास प्रकाशोन्मुख रहेको छ ।
लक्ष्मण पौडेलको दुई कृति राजनीतिक र कन्ने–एकको संचारमन्त्री
राजकिशोर यादव, ऋषि धमला र पूर्व राजदूत डा दिनेश चन्द्र भट्टर
ाईले संयूक्त रुपमा विमोचन गरेका थिए ।