दुई दिवसीय महान सत्संग समारोह सम्पन्न

नवलपरासी फागुन १७ ,

मिति २०६९ फाल्गुन १४ गते नवलपरासी जिल्ला, कावासोती थाना अगाडीको खुल्ला मैदानमा नेपाल मानव धर्म सेवा समिति कावासोती शाखाले दुई दिवसीय महान सत्संग समारोह सम्पन्न गरेको उक्त शाखाका वरिष्ठ सल्लाहाकार श्री नवराज सुवे दीले जानकारी गराउनु भएको थियो । 

उक्त कार्यक्रम फाल्गुन १३ र १४ गते गरी दुई दिनसम्म भव्यताका साथ सम्पन्न भएको थियो । फाल्गुन १३ गतेमा ने.मा.ध.से.स.केन्द्र ीय कार्यालयका बरिष्ठ मा. पुनीत बाइज्यूले सभापतित्व गर्नु भएको थियो भने ईलाका प्रशासन कार्यालय कावासोती शाखाका प्रमुख कौशलराज शर्माले प्रमुख अतिथीको आसन ग्रहण गर्नु भएको थियो । त्यस्तै फाल्गुण १४ गते मा. चमेली बाइज्यूको सभापतित्वमा कार्यक्रमको समामन भएको थियो । सम्पूर्ण प्राणीजातीको हित र कल्याणकारी भनिने उक्त सत्संग समारोह कार्यक्रममा विभिन्न क्षेत्रबाट पाल्नु भएका विदुसी र आत्मनुभवी सन्त महात्मा एवं विशिष्ठ व्यक्तीहरुद्वारा मानवले गर्नुपर्ने कार्य र यस लोकमा मानव भएर जन्मनुको अर्थ प्रष्ट्याइएको थियो । 

धर्म र कर्मबाट विमुख हुदै गइरहेका कारण आजका मानिसहरु पाप र कुकर्म तर्फ उन्मुख हुँदै गइरहेको र त्यसको प्रतिफल घर, समाज र राष्ट्रनै पापको दलदलमा फँस्दै जानुको कारण विश्वमा अशान्तीको बातावरण, भाइभाइमा काटकाट–मारामार, जातीत्वको नाममा लडाई, धर्मको नाममा मेरो धर्म ठूलो भन्दै अहंकारी प्रचारप्रसार गरिन थालेको छ भन्दै मा. चमेली बाइज्यू लगायत मा. नन्दिनी बाइज्यू र मा. पुनीत बाइज्यूले ज्ञानरुपी अमृत बचनहरुको वर्षा गराउनु भएको थियो । उक्त कार्यक्रममा डा. अग्रवालले पनि अध्यातमबाद र विज्ञानवादका थुप्रै सिद्धान्तलाई धार्मिक शास्त्रानुसार कसरी समायोजन गराइएको छ सो कुरा बाह्यि विचार र आँखाले मात्रै हेरीनुको कारण आज समाज एउटा अँध्यारो दिशातर्फ धकेलींदै गएको कुरा छर्लङ्ग पार्नु भएको थियो । 

वहाँले मानिसको खास आयु ४० वर्षको रहे को र अन्य आयुहरु अन्य जनवारबाट लिएको हुँदा जब बच्चा १२ वर्ष उमेर पुगी वर्तबन्ध तथा उपनयन संस्कार गराउँछ त्यही समयमा उसलाई आत्माज्ञानको बोध गराउनु पर्ने हुन्छ तर मानिस मन्दिरमा मात्रै सिमित हुनाले १ कक्षामा मात्रै बसिरहेको अवस्था छ । आत्मा र परमात्माका बारेमा जानकारी लिनको लागि अपराविद्याले सम्भव हुदै न त्यसको लागी परविद्याको आवश्यकता पर्दछ भनी प्रष्ट पार्नु भएको थियो । उक्त कार्यक्रम कावासोती जस्तो क्षेत्रमा मात्रै नभई देश विदेशका विभिन्न क्षेत्रहरुमा भइनै रहेको र मानव धर्मको प्रचार गर्नाका कारण कसैको धर्म परिवर्त गराउना हेतु नभइ सबै धर्मलाई एउटै सुत्रमा बाँधी मूल धर्मको प्रवाह कसरी गर्ने भन्ने नै हो भन्दै मा. पिताम्वरी बाइज्यूले विश्वस्त पार्नु भएको थियो । 

 उक्त कार्यक्रममा विभिन्न प्रकारका भजनहरु र सांस्कृतिक भेषभुष र धर्म झल्कीने खालका नाचहरु पनि प्रस्तुत भएका थिए भने मा. सज्जन बाइज्यू, मा. उषा बाइज्यू, मा. लता बाइज्यु लगायत अन्य विशिष्ठ व्यक्तिहरुले मानव धर्मको अर्थ र मानवले गर्नुपर्ने कर्तव्यवोधलाई विभिन्न धर्मशास्त्रका निचोडहरु केलाउँदै सम्पूर्ण व्रह्माण्डमा पुजनीय परमात्मा को हो र कसरी चिन्ने भन्ने बारेमा जानकारी तथा चर्चा परिचर्चा गर्नुभएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com