लन्डन, फाल्गुन १०,
बेलायती वकिल ३९ वर्षे तेवफिक सुलेमानलाई सयौं नक्कली बिहे गराएको अभियोगमा १० वर्ष जेल सजाय भएको छ ।
बेलायती भिसा पाउनलाई विभिन्न मुुलुकका पुरुषले यस्तो बिहे गर्छन् । उनीमाथि सन् २००४ देखि २०१२ को बीचमा यस्तो थुप्रै बिहे गराएको अभियोग थियो ।
पूर्वी युरोपका महिलाले युरोपेली संघ बाहिर मुलुकका नागरिकसँग रकम लिएर बिहे गरेको पाइएको छ । सुलेमानबाहेक अन्य थुप्रै व्यक्तिलाई अदालतले दोषी ठहर गरेको छ । झन्डै १ हजार ८ सय नागरिक यस्तो बिहे गरेर लन्डनमा बसिरहेका छन् ।
यसमा अल्बानियाली माफियाका सदस्य बढी छन् । नक्कली दस्तावेजमा आधारित यस्तो एक बिहे गराएबापत अधिवक्ता सुलेमानले १४ हजार पाउन्ड पाउने गर्थे । एजेन्सी !
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै