जर्मनीमा ल्होसार पर्ब सम्पन्न : with video

गणेश गुरुङ , पुष २३,

जर्मनीको म्युनिख शहरमा ल्लोसार पर्ब भब्यताका साथ् सम्पन्न भयो ! नेपाल जनजाति समाज e.V. म्युनिख, जर्मनीको आयोजनामा भएको उक्त कार्यक्रम बिशेष धार्मिक बिधिबिधान अनुसार कुल गुरु भिच्छु मिम लामा द्वारा पुजा प्रार्थाना सहित " नेपाल लगायत बिस्व भरि छरीएर रहेका नेपाली दाजुभाई दिदीबहिनिहरुमा शान्ति र आनन्द मिलोश " भन्ने कामना राख्दै संस्थाका अध्यक्ष सेक राज सुनुवार मार्फत पानसमा दियो बालेर शुरुवात गरिएको थियो !

सस्थाको सचिब प्रेम सिंह गुरुङले संचालन गरेको पहिलो चरणको औपचारिक कार्यक्रममा मुख्य अथिति एन.आर. डब्लु. आदिबासी जनजाति महासंघ तदर्थ समिति जर्मनीका अध्यक्ष राम राई , अतिथि पाहुना आदिबासी जनजाति समाज हमबर्गका अध्यक्ष प्रेम पोमु लगायत स्थानीय संघ सस्थाका प्रतिनिधिहरुले सुभकामना मन्तब्य दिनु भएको थियो !


दोस्रो चरणको कार्यक्रममा सस्थाका सल्लाहाकार सन्चमान जबेगु र उमा गुरुङले उदघोषक गरेका थिए ! स्थानीय कलाकार लगायत संस्थाको निमन्त्रणामा नेपाल बाट आएका गायक तथा संगीतकार दुर्गा गुरुङ र चर्चित लोक तथा दोहोरीका गायीका ज्योती मगरले उपस्थित दर्शक ब्रिन्दहरुलाई भरपुर मनोरंजन दिलाए !


तिन महिनाको सांगीतिक यात्रामा युरोप आएका दोय कलाकार दुर्गा गुरुङ र ज्योती मगर द्वारा यो भन्दा अगाडी बेल्जियममा भब्य र सफल कन्सर्ट पछि म्युनिख, जर्मनीमा भएको यो दोस्रो कार्यक्रम हो ! सबै दर्शकहरुलाई प्रफुल्लित र मोहित पार्दै हसाउन नचाउन सफल रहेका कलाकार दुर्गा गुरुङ र ज्योती मगरको युरोपका विभिन्न सहरमा सांगीतिक कार्यक्रमको मिति तय भै सकेको छ भने मार्च महिनाको पहिलो हप्ता यु. के. को लागि भिसा आवेदन प्रक्रिया तयारी गरिदैछ !

नेपाली पात्रो अनुसार तमु ल्होसार पर्ने उक्त सांस्कृतिक कार्यक्रम सफल पार्न सहयोग पुर्याउने सम्पूर्ण सहयोगी मित्रहरुलाई धन्यबाद ज्ञापन दिदै संस्थाका अध्यक्ष सेक राज सुनुवारले औपचारिक कार्यक्रमको समापन गरेका थिए !
............Video..............
 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com