प्रमाणपत्र बनाउने गिरोह पक्राउ

काठमाडौं, २३ पुस ,

शैक्षिक संस्थाहरुका नक्कली प्रमाणपत्र बनाउने गिरोहका तीन जनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ । नक्कली शैक्षिक प्रमाणपत्र सहित तीन जनालाई आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकी बस्ने पाल्पा जिल्ला दोभान–२ फूलबारी ठेगाना भएका २२ वर्षीय बिजय खड्का भत्रे वीरबहादुर बिक रहेका छन् ।

त्यसै गरी, काठमाडौं जिल्ला मनमैजु–२ बस्ने साइबर व्यवसायी महोत्तरी जिल्ला बर्दिवास–१ ठेगाना भएका २७ वर्षीय सगुनकुमार श्रेष्ठ र काठमाडौं गोंगबु बस्ने रुपन्देही जिल्ला रुद्रपुर–९ ठेगाना भएका कम्यूनिकेशन संचालक ३१ वर्षीय हिमाल भत्रे हीमलाल शर्मा रहेको प्रहरीले जनाएको छ । 

उनीहरुसँग प्रहरीले बिभित्र ब्यक्तिका नाममा जारी भएका परिक्षा प्रवेशपत्र २३ थान, सरकारी कार्यालय, शैक्षिक संस्थालगायत अन्य गैह्रसरकारी संस्थाहरुको छाप, दस्तखतका रबर स्टाम्प छाप ३३ थान बरामद गरेको छ ।

शिक्षक सेवा आयोग लेखिएको स्टिकर ६५ थान, उच्च माध्यामिक शिक्षा परिषद लेखिएको स्टिकर ३ थान, विभित्र व्यक्तिको नाममा जारी एसएलसीका नक्कली लब्धाङ प्रमाणपत्र, विभित्र शैक्षिक संस्थाको खाली चारित्रिक प्रमाणपत्रका साथै विभित्र व्यक्तिको नाममा जारी भएका नागरिकताका प्रमाणपत्रहरुको छाँयाप्रति समेत वरामद भएको प्रहरीले जाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com