दुइ मुक्तक ; By, बीना तामाङ् 'सुनगाभा'


१,
अरु केहि छैन तर मसंग एउटा मन छ
परिआउँदा बैरीसंग लड्ने एउटा तन छ

मार काट गर जे जे गर्न सक्छौ गर तिमी
झुक्नै नसक्ने मसंग नेपाली एउटा पन छ

२,

उद्दिग्न यी आँखाहरुले केहि देख्नु छैन मलाई
प्रहार होस कतैबाट केहि छेक्नु छैन मलाई

धुमिल धुमिल वातावरण छ उस्तै छ यो मन
भावविहिन यो मन्ले आज केहि लेख्नु छैन मलाई

बीना तामाङ् 'सुनगाभा'
काठमाण्डौं नेपाल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com