काठमाडौं, पुस २० ,
आफ्नै ३ वर्षीया छोरीलाई जबरजस्ती अनुचित कार्य गरेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं -१३ सोल्टीमोड डेरा गरी बस्ने नुवाकोट चाउथे-६ का ४० वर्षीय इन्द्रबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
तामाङले १८ गते पुस राति नाबालिका छोरीलाई अनुचित काम गरेको भन्दै बालिकाकी आमाले पुस १९ गते प्रहरीलाई जानकारी दिएकी थिइन् । जानकारी पाएपछि अनुसन्धानमा खटिएको प्रहरीले तामाङलाई पक्राउ गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको नेपाल पुलिसको वेबसाइटमा जनाइएको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै