धेरै भयो नभेटेको के छ तिम्रो हाल?
चिल्ली तिमी भएछौ नि पुक्क रैछ गाल
काला थिए आँखाहरु कालै थिए छाला
निलो देख्छु आँखाहरु टल्केछ ती खाल
फुस्री तिमी राम्री भैछौ कसो गरि हो?
के के धस्यौ लौ भन केको हो यो क'माल?
रुप तिम्रो देखेर म दङ्ग पर्याछु
के म तिम्रो हुन सक्छु?यौटा छ स'वाल
राजेश रुम्बा लामा'अतृप्त'