तीन मुक्तक : By, सनम गोले


(१)
कालो बादलमा चाँदीको घेरा हुन्छ रे।
समयको सदुपयोग नगरे खेरा हुन्छ रे।
असम्भवताको बिचमा पनि साँच्चै
सम्भवताको सुन्दर सुन्दर डेरा हुन्छ रे।
                      (२)
संग्लो पानी धमिलाउन नखोज।
यता उत्ति गर्दै अलमलाउन नखोज।
हत्केलाले सुर्यको उज्यालो छोपेर
अध्यारो सम्झी सलबलाउन नखोज।
                     (३)
आफु रोयर अरूलाई हँसाउनु पर्छ हेर।
सुन्दर फुलझै चारैतिर बसाउनु पर्छ हेर।
आफुले छोडेर अरूलाई राहत हुन्छ भने
टुक्रिएको मनलाई पनि रसाउनु पर्छ हेर ।

सनम गोले
दामन मकावनपुर
हाल मलेशिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com