मिस नेवाः १६ वर्षीया सुदिना

ठमाडौ, माघ ८ ,

'मिस नेवाः को आठौं संस्करणको ताज फर्पिङकी सुन्दरीको शिरमा गएको छ । १६ वर्षीया सुदिना श्रेष्ठले राजधानीमा शनिबार २४ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

उनले पुरस्कारस्वरूप २५ हजार रुपैयाँसहित अन्य उपहारसमेत हात पारिन् । ११ कक्षा पढ्दै गरेकी सुदिनाको चाहना भविष्यमा सफल उद्यमी बन्ने छ । 'अबको एक वर्षभरि नेवार संस्कृति संरक्षणका लागि काम गर्नेछु ।'

पाटनकी १८ वर्षीया सजिना शाक्य फस्ट रनरअप भइन् । उनले १५ हजार रुपैयाँ र उपहार पाइन् । मंगलबजारकी १७ वर्षीया प्रतिभा महर्जनले सेकेन्ड रनरअपसँगै मिस डिसिप्लिनको उपाधि पनि पाइन् । उनले मिस डिसिप्लिनबापत दुई हजारसहित १२ हजार रुपैयाँ पाइन् ।

दिलासा मानन्धरले मिस ट्यालेन्ट र बेस्ट ड्रेसको टाइटलसहित ५ हजार रुपैयाँ पाइन् । सिरतारा तुलाधरले मिस नेपाल भाषा र पब्लिक च्वाइसको टाइटलसहित ५ हजार रुपैयाँ हात पारिन् ।

पूजा शाक्यले मिस फ्रे न्डसिप र दुई हजार रुपैयाँ, रेनु श्रेष्ठले मिस फोटोजेनिक, सुजना बज्राचार्यले मिस पर्सनालिटी, नेहा प्रजापतिले बेस्ट स्माइल, यमिका महर्जनले मिस चार्मिङको टाइटल पाए । इकान्तिपुर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com