अझै उस्तै लाग्छ माया, छोडी जानेको।
गरीब् भन्दै मन मुटू, तोडी जानेको।
अर्थहीन वस्तू ठानी, मेरो जीवन,
सिसा सरी चर्काएर, फोडी जानेको।
सँधै भरी साथ दिने, वाचा गरेर,
पराईको रातो घुम्टो, ओडी(ओढी) जानेको।
धेरै रोएँ जिन्दगीमा, बोकी सम्झना,
बैरी मायाँ मल हाली, गोडी जानेको।
रोशन खड्का। सहरे दोलखा