विराटनगर, पुस २४ ,
पूर्वी क्षेत्रमा तीन दिनदेखि बढ्दै गएको चिसोले यहाँको जनजीवन कष्टकर भएको छ। चिसोले गर्दा विराटनगर बजारमा मानिसको आवातजावत घटेको छ भने सरकारी कार्यालयहरुमा सेवाग्राहीको चहलपहल पनि न्यून देखिएको छ।
जाडोबाट बच्न मानिसले आ-आफ्ना घरअगाडि घुर बालेर शरीरलाई न्यानो बनाउने गरेको पाइएको छ। चिसोको प्रभावले हिजो र अस्ति दुई दिन विराटनगर विमानस्थलमा कुनै पनि विमान आउन सकेनन्।
दुई दिन पहिले विशेष कामले विराटनगर आउनुभएका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विमान सुचारु हुन नसक्दा हिजो आफ्नै गाडीबाट काठमाडौँ फर्केको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
आज बिहान चिसो कम नभए पनि आकास सफा रहेकाले विराटनगर विमानस्थलमा बुद्ध र अग्नि विमान कम्पनीले उडान भरेको बुद्ध एयर कार्यालयले जनाएको छ।
अत्यधिक जाडोले गर्दा बृद्धबृद्धा, बालबालिका, बिरामी र अशक्तहरु बढी प्रभावित भएका छन्।
दिउँसो घाम नलाग्ने भएकाले अझ केही दिन बढी चिसो रहने मानिसहरुको अनुमान छ।
तराईमा पुस महिनाको अन्तिममा हुने शीतलहरबाट सिरहा, सप्तरी, सुनसरी, मोरङ र झापामा धेरैजनाको ज्यान जाने गरेको छ। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै