'गजल' By, राजेश रुम्बा लामा'अतृप्त'



पत्थरले हाने पनि सोचेँ कुनै फूल थियो
सर्पलाई आफ्नो ठानेँ मेरो ठूलो भूल थियो

छताछुल्ल पोखिदिएँ खुसीहरु उन्को सामू
खुसी लिई चोट दिई बदलाको शूल थियो

खुम्चेको त्यो छातीभित्र वैमन्श्यता बास गर्‍यो
यस्तो लाग्यो उ भित्र त दुश्मनीको हुल थियो

विधाता नै विपक्षीको साक्षी बन्न गएपछि
जीन्दगी त उस्कै लागि मात्र अनुकूल थियो

राजेश रुम्बा लामा'अतृप्त'

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com