तीन मुक्तक : By, सनम गोले


। १।
आँखामा आँसु छल्कि रहेछ ।
मुटूमा आगो सल्कि रहेछ ।
सोचे जस्तो भएन कहिले
व्यर्थमा जीवन ढल्कि रहेछ।

              । २।
बिषनै दिए पनि पिउने मन छ ।
तिमी संगै जीवन जीउने मन छ ।
वर्षै पछि आज फेरि किन किन खै
टुक्रिएको मुटूलाई  सिउने मन छ।

                 ।३।
सिउँदोमा सिन्दुर रंगाको कसरी सहनु म ।
धगो काट्यौ मेरो चंगाको कसरी सहनु म ।
हुने नहुने कुरा गर्छन साथी संगी सबै
समाजले कुरा बंगाको कसरी सहनु म।

सनम गोले :
दामन,मकावनपुर
 हाल मलेशिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com