ठूलो सानो कथा त सबैसंग हुन्छ
धेरै थोरै व्यथा त सबैसंग हुन्छ
धर्तीमाथि छानो आकाश भएपछि
शिर ढाक्ने ज्याथा त सबैसंग हुन्छ
आ आफ्नो राज्यमा आफ्नै हालीमुहाली
सानोतिनो सत्ता त सबैसंग हुन्छ
कोहि बोल्छन् मिठो कोहि लेख्छन् राम्रो
साजसज्जाको लत्ता त सबैसंग हुन्छ
बिना तामाङ्ग 'सुनगाभा'