उन्को छायाँ बनि बाच्ने चाह युगौ-युग सम्म ल
मन्को चोखो माया गास्ने चाह युगौ-युग सम्मll
दु:खै दु:ख झेल्दै कति हिड्नु एक्लो यात्री बनि?
भुली लाखौ पिर हास्ने चाह युगौ-युग सम्मll
स्वच्छ माया सामु तुच्छ लाग्छ नदि ताल पनि,
त्यहि माया थोपा साच्ने चाह युगौ-युग सम्मll
बिश्व अट्ने मन्को मन्दिरमा यौटा चिनो प्रेमको,
अजम्बरी बिम्ब टास्ने चाह युगौ-युग सम्मll
अनगिन्ती चोला फेर्न पाए धर्ती माथी जन्मी!
त्यहि न्यानो काखमा मास्ने चाह युगौ-युग सम्मll
कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया