पुष २९,
सबिना सुब्बा ; भनिन्छ, मानिसको इच्छा तथा आवश्यकताको कुनै सिमाना हुँदैन। ठूला चाडपर्व दसैं-तिहारपश्चात् सुरु भएको जाडोयामका लागि तात्तिदै गएको फेसन बजारले उपरोक्त भनाइलाई चरितार्थ गर्छ। यतिबेला फेसन व्यवसायीहरूलाई दसैंले रित्याएको स्टोर विन्टर सिजनका निम्ति नयाँ सामान भित्र्याउन भ्याइनभ्याइ छ।
टिन एजरदेखि प्रौढसम्म सबैलाई विन्टरको सपिङ गर्न भ्याइनभ्याइ छ। समर रहुन्जेल दराजमा होस् वा घरको कुनातिर थन्क्याइएका न्याना लुगा तथा जुत्ताले केही साथ दिए पनि न्यानो नयाँ ड्रेसमा आकर्षक देखिने चाहना सबैलाई हुन्छ।
यही चाहनाले विन्टरलाई विन गर्न सुज तथा न्यानो ड्रेसहरूको कलेक्सन युवापुस्ताको प्राथमिकतामा परेको छ। 'एउटा ज्याकेटले जाडो कटाउन सकिन्न नि !' भर्खरै फेसन डिजाइनिङ कोर्स गर्न धरानबाट काठमाडौं आएकी कामना श्रेष्ठको भनाइ हो यो। चिसोबाट बच्न सपिङ उत्कर्षमा पुगेको जानकारी कामनाले दिइन्।
जाडोको मध्यमा न्यानो पहिरनको मूल्य अकासिन्छ, तर वार्डरोबमा विन्टर सपिङ एड गर्न सबैलाई भ्याइनभ्याइ छ। त्यसमाथि मल्टिपल च्वाइसका रहरलाग्दा पहिरन तथा सुज देखेपछि कसको मन नलोभिएला ? अहिले युवतीहरूका निम्ति कोरियन डिजाइनका फिटिङ लेदर ज्याकेट, लङ उनी स्वेटर तथा बुट बढी लोकप्रिय छन्। 'जाडोको सपिङ त गर्नैपर्यो नि,' यो भनाइ हो मध्यबानेश्वरका २१ वर्षीय तन्नेरी शिव 'सरुन' क्षेत्रीको। जतिसुकै मितव्ययी भए पनि जाडोबाट बच्न टन्न सपिङ्ग नगरी सुखै छैन। स्टाइलिस देखिन जाडो मौसम अनुकूल नहोला, तर असम्भव भने छैन।
विन्टरका लागि आउटलेटहरूमा चिसो मौसमलाई तताउने न्यानो स्टाइलिस तथा कम्र्फटेबल पहिरनहरू भित्र्याइएको छ। अन्य विविध स्वदेशी तथा विदेशी ब्रान्डहरूले पनि आफ्ना आउटलेटमार्फत जाडोका पहिरन उपलब्ध गराएका छन्।
यो समय विशेष गरी विन्टर बुट, स्वेटर्स, स्कार्फ, ग्लोब्स, ज्याकेट, पुलोवर, ब्लेजर आदि न्याना पहिरनको खरिद-बिक्री हुन्छ। यही अवसरलाई छोप्न डेनिम (जिन्स) ९० को दशकको फेसनलाई पुनर्वजिवित गर्न तम्तयार छ।
डेनिममा कलर जिन्स, क्रेन्ड, काउब्वाई जिन्स तथा ज्याके टहरूले विन्टर फाइटरका निम्ति टिनएजरहरूलाई लक्षित गर्नेछ। काठमाडौं मलस्थित हट फेसनका सेल्स स्टाफ सन्दीप भण्डारी आफ्नो आउटलेटबाट ऊलन स्वटेर तथा लङ्ग ज्याकेटहरू बिक्री भैरहेको जानकारी दिन्छन्।
विविध कलर तथा आकर्षण बुट्टाहरूले सिँगारिएको उनी सलहरूको मेला असन तथा इन्द्रचोकमा देख्न सकिन्छ।
त्यही रमाइलो निहालिरहेकी लगनखेल, ललितपुरकी गृहिणी उमा तामाङ यो जाडो छल्न सल किन्न पसलेसँग मोलमोलाई गर्दै थिइन्। साडी तथा कुर्तामा म्याच हुने ऊनी सलले न्यानो दिन्छ। जाडोबाट बच्नलाई बार्डरोब भर्नु छ भने विन्टर कलेक्सन सुरु गरे गर्ने कि ?saptahik:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै