गजल : By, आरके थापा

 

संझिदा त यो मन सारै रुन्छनि काली ।
छिट्टै भेटौ साथमै रमौ हुन्छनी काली ।

तिमि उता म यता भेटै हुन्न जस्तो छ,
कसो गरम यो मनले गुन्छनी काली ।

संगै जिउने संगै मर्ने,कवुल थियो ,
तिनै यादले यो हृदय छुन्छनी काली ।

यता टाले उता सियँ फाटेको यो मन ,
तै पनी अनेक सपना बुन्छनी काली ।।

संझिदात यो मन सारै रुन्छनि काली ।
छिट्टै भेटौ साथमै रमौ हुन्छनी काली ।

आरके थापा , बोच-दोलखा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com