गएराति एकैसाथ दुईजनाको मृत्यु

गौशाला, पुस २३ ,

चिसोबाट कठ्याङ्गिएर महोत्तरीको एउटा गाउँमा गएराति एकैसाथ दुईजनाको मृत्यु भएको छ। जिल्लाको सदरमुकाम जलेश्वरसँगै गाँसिएर रहेको बजराही गाउँमा गएराति कठ्याङ्गिएर स्थानीय ५५ वर्षीय रामअशेश्वर साह र ५० वर्षीया राजकुमारीदेवी मण्डलको मृत्यु भएको परिवारजनले जनाएका छन्।

{module google ad 600x60|none} गएराति सुत्न गएका दुवै जना आज बिहान आ-आफ्नै घरमा मृत फेला परेका हुन्। चार दिनदेखि महोत्तरीको दक्षिणी भागमा पुनः जाडोको प्रकोप चलेको छ भने अविरलरूपमा चिसो हावा र शीतलहर चलिरहेको छ।

साथै बाक्लो कुहिरो र हुस्सुले चारैतिर अँध्यारो छाएको छ। दुई साता लामो जाडोमा जिल्लामा १७ जनाको मृत्यु भएकामा पछिल्लो समयमा चार दिनमा तीनजनाको मृत्यु भई यस वर्ष महोत्तरीमा चिसोबाट मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म २० जना पुगिसकेको छ। रासस;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com