आज पनी तिनै आँसु,चुवाउँदै सोधिन्।
साँच्चै मलाई आमाले,रुवाउँदै सोधिन्।
भन्त बाबु मेरो छोरो, काहाँ गयो भन्दै,
हात मेरो शिर माथी, छुवाउँदै सोधिन्।
खै! कसरी सुनाउँ म, मुख थुनी रेट्या,
न भनौँ त धेरै कुरा,बुझाउँदै सोधिन्।
धेरै बेर मौन बसेँ, नाजवाफ बनी,
गर्दनमा तरवार, झुकाउँदै सोधिन्।
घाँटी रेटी पुरिदियौँ, भनि दिएँ मैंले,
खोई लास भन्दै आँसु, सुकाउँदै सोधिन्।
हत्त-पत्त बुहारीको, समीपमा गई,
सिउँदोको सिंन्दुर त्यो, धुवाउँदै सोधिन्।
रुप गयो रङ्ग गयो,अव तेरो भन्दै,
विचरीको आसाहरु,तुहाउँदै सोधिन्।
रोशन खड्का। सहरे-८ दोलखा।
हाल मलेशिया।