गोलबजार (सिरहा), माघ १६ ,
सिरहाको इटहर्वा गाविस- ५ स्थित महेशवारी माध्यमिक विद्यालयका प्रधानाध्यापकले एसएलसी पास गराइदिने भन्दै प्रतिपरीक्षार्थी रु तीन हजारदेखि १० हजारसम्म असुलेको खुलासा भएको छ ।
योग्यता परीक्षा (टेष्ट)समेत नभएको अवस्थामै परीक्षार्थीसाग एसएलसी पास गराइदिने भन्दै विद्यालयका प्रधानाध्यापक जीवछ यादवले अवैध तरिकाले रकम असुलेको अभिभावकहरुको भनाइ छ ।
प्रधानाध्यापक यादवले रकम नदिए एसएलसी पास नहुने धम्कीसमेत दिएको अभिभावकहरु बताउँछन् ।
एसएलसीमा आफ्ना छोराछोरीलाई अनुत्तीर्ण गराइदिने डरले अभिभावकहरुले बाध्य भएर रु तीन हजारदेखि १० हजारसम्म प्रधानाध्यापक यादवलाई दिएको अभिभावक सङ्घका जिल्ला अध्यक्ष रामानन्द गुप्ताले दाबी गर्नुभयो ।
उनले भने–एसएलसी पास गराउने बहानामा अवैध तरिकाले प्रअ यादव रकम असुल्दै छन् ।
विद्यालयमा पठनपाठन नगराउने तर रकम असुलेर एसएलसी पास गराउनमा संलग्न प्रधानाध्यापक यादवमाथि कारबाही गर्नुपर्ने उनले बताए । उनले जिल्लाका अन्य सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले पनि एसएलसीको नाममा रकम असुल्ने गरेको दाबी गरे ।
यता, प्रधानाध्यापक यादवले विद्यालय निजी स्रोतबाट चलेको भन्दै सहयोग स्वरुप रकम लिएको बताए । 'अभिभावकहरु रु तीन हजार मात्र होइन १० हजारसम्म दिन तयार छन्', 'तपाइालाई के मतलब प्रधानाध्यापक यादवले आक्रोशित हुँदै भने ।
जिल्ला शिक्षा कार्यालय सिरहाका विद्यालय निरीक्षक रामचन्द्र यादवले एसएलसीको नाममा प्रधानाध्यापक यादवले रकम असुलेको बारे केही जानकारी नआएको बताए । उनले यदि रकम असुलेको हो भने छानबिन गरी कारबाही हुने बताए । रासस:
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै