गजल : By, आरके थापा


आउन नानु आउ सम्पर्कमा आउ ।।
उराठीलो मनमा हरीयाली छाउ ।।

दिलमा आगो बली पोलीराछ छाती ,
दुःख शुख बिसाई मिठो प्रित लाउ ।।

यस्तै छ जिवन हाम्रो समालौला दुबै ,
मनोभाव संगाली स्वच्छ प्रित लाउ ।।

तिमी उता म यता छट्पटीमै बित्यो ,
मलमलाई निको पार दुखीराको घाउ ।।

तिमी सामु लाखौ चोटी बिन्ती बिसाय ,
घुर्क्याउदै अब याँ नखोजन भाउ ।।

आउन नानु आउ सम्पर्कमा आउ ।।
उराठीलो मनमा हरीयाली छाउ ।।

आरके थापा बोच - दोलखा
हाल साउदीअरब


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com