आफ्नै भाग्य आफैल नै े फुटायर गयौ ।।
साच्चै हो यो दुःखीलाई लुटायर गयौ ।।
सानो थियो बारी सानै थियो घर मेरो ,
झुपडी भन्दै महल जुटायर गयौ ।।
आफु भन्दा बढेरनै माया गर्ने गर्थे ,
चाहीदैन भन्दै साथ छुटायर गयौ ।।
मायाको त्यो सानो भाव रहेनछ मनमा ,
निर्दयी भई यो मुटु चुटायर गयौ ।।
आफ्नै भाग्य आफैले फुटायर गयौ ।।
साच्चै हो यो दुःखीलाई लुटायर गयौ ।।
आरके थापा बोच दोलखा !!