फुटबल दंगामा संलग्न २१ लाई मृत्युदण्ड सुनाउँदा ३० को ज्यान गयो

कायरो, माघ १४ ,

फुटबलको विषयलाई लिएर भएको पोर्ट दंगामा संलग्न रहेका २१ जनालाई मृत्युदण्डको सजाय सुनाएपछि भएको भिडन्तमा परी ३० भन्दा बढीले ज्यान गुमाएका छन्।

दोषी ठहर गरिएकाका आफन्त र सुरक्षाकर्मीबीच भिडन्त भएको सरकारी टेलिभिजनले जनाएको छ। 'पोर्टमा भिडन्त भएपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले एयर एम्बुलेन्स पठाएको छ,' मन्त्रालयका प्रवक्ता अहमद ओमरले भने।

शनिबार फौजदारी अदालतले पोर्ट हिंसामा संलग्न रहेका २१ लाई मृत्युदण्डको सजाय सुनाएको थियो। गत फेब्रुअरीमा फुटबल मैदानमा भएको हिंसामा परी ७० जनाको मृत्यु भएको थियो। दोषी ठहर गरिएकाका आफन्तले जेलमा नै आक्रमण गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो।एजेन्सी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com