कति साह्रो क्रूर हुन्छन् पापीहरु यहाँ
खुशी लुट्न आँतुर हुन्छन् पापीहरु यहाँ !!
पाप पुन्य बिर्सिएर इज्जत लुट्न लाई
किन त्यती मज्बुर हुन्छन पापी हरु यहाँ !!
हबसका सिकार आफ्नो बालक नभनेर
हरे कति निस्ठुर हुन्छन पापीहरु यहाँ !!
मनुष्य भै मानबता पैतालाले कुल्ची
मैसासुर झै अशुर हुन्छन् पापीहरु यहाँ !!
जननीको अस्मितामा दाग लगाउन
भन किन मन्जुर हुन्छन् पपीहरु यहाँ !!
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड