माघ १०,
सहारा विकास बैंक वरहथवा शाखा सर्लाहीबाट रु २४ लाख ५५ हजार चोरी गरी फरार रहेका सो बैंकका एक कर्मचारीलाई विराटनगरबाट पक्राउ गरिएको छ।
सर्लाहीको मैनाथपुर–२ घर भई सहारा विकास बैंकको वरहथवा शाखामा सहायक प्रबन्धक रहेेका दिनेश कुशवाहलाई रकमसहित प्रहरीले रानीबाट पक्राउ गरेको हो।
चारदिनअघि सो बैंक शाखाका प्रबन्धक रामेश्वरराय यादवले राख्न दिएको उक्त रकम सहायक प्रबन्धक कुशवाहले लिएर फरार भएपछि वरहथवा इलाका प्रहरी कार्यालयमा उजुरी परेको थियो।
पक्राउ परेका कुशवाहलाई रकमसहित कारबाहीका लागि सर्लाही पठाइएको छ। रासस;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै