सुतिरहेको अबस्थामा बलात्कार गर्ने युवक पक्राउ


लहान, माघ १०,

मिथिलेश यादव-सिरहाको जमदह-६ मा एक महिलालाई बलात्कार गरेको अभियोगमा आज विहान एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। राती घरमा सुतीरहेकी ३५ वर्षिया महिलालाई बलात्कार गर्ने छिमेकी ४० वर्षिय कृष्ण भुजेललाई प्रहरी पक्राउ गरी इलाका प्रहरी कार्यालय मिर्चैयाले अनुसन्धान गरिरहेको हो।

इलाका प्रहरी कार्यालय मिर्चैयाका सई भरत कार्कीका अनुसार महिलाकी छोराले भुजेललाई रंगेहात पक्राउ गरेपछि भुजेलले ती किशोरलाई कुटपिट गरी भागेका थिए। इलाका प्रहरी कार्यालय गोलवजारले भुजेललाई पक्राउ गरे पनि मुद्दाको अधिकार नभएकाले ईलाका प्रहरी कार्यालय मिर्चैयालाई बुझाएको हो।

सई कार्कीले भने, महिला र पुरुष दुवै बालबचेदार हुन, बलात्कार भएको हो की के हो दुवैको बयानवाट थाहा हुन्छ। महिलाका छोराले बलात्कार नै भएको बयान प्रहरीलाई दिएको छ।nagarik;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com