हराएको खुसि हरु : By, कर्म सिङ्ग लामा निर्दोष



घरको यादमा तडपिदै भएको छु म चिन्तित
परिश्रम संगै ,खुसिहरु साट्दै छु म ऋण सित् ।।

खाली हात आए म खाली हात नै  जानेछु :
कोहि छैन आफ्नो भन्ने एकान्तमा एक्लो हुदैछु ।।

चोटै चोटको घायल जस्तो, बाहिर कुनै देखिन्न घाउ
पिडा र चोटहरु सगाल्दैछु . पाइएन कतै यो पिर बग्ने ठाउँ ।।

खाडीको मरु भुमि हरुमा .खुसि खोज्न भौतारिएको छु म
वर्तमान संग पौठे जोरी खेल्दै, भविष्य खोज्न दौडिएको छु म ।।

खुसि के हो , आफै भित्र हरेक पल  सोददै छु म
हराएको खुसि हरु आज मरुभूमिको बगरमा खोज्दै छु म ।।

रुखो भोलि अरुको दास, रात दिन काम गर्नु पर्याछ
दुख संगै याद हरुमा तड्पिएर जिउदै मर्नु पर्या छ ।।


कर्म सिङ्ग लामा निर्दोष !!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com