बालि रोप्नु भन्दा पहिलानै असल बिउ छान्ने गरौ

माघ ७,

:  अहिलेको पुलिसले जनतालाई दुख र सास्ती दियो !

:  अहिलेको पुलिसले नगर, गाउँ समाज तथा टोलमा राम्रो शान्ति सुरक्षा गरेन !

:  पुलिसले अपराधी सित पैसा खाएर अपराधीलाई छोड्यो !

:  पुलिसले लागूऔषध नियन्त्रण गरेन !

: नियन्त्रणमा लिएर महिला लाइ दुर्ब्यबहार गर्यो !

:  पुलिस आफै लुटपाटमा संलग्न भयो !

जनकमान डंगोल : हिजो आज सबै प्रकारका छापाहरुमा पढ्न र रेडियो टेलिभिजनमा देख्न र सुन्न पाइने समाचार हो यो नागरिकले लगाएको आरोप नाजायज छैन भन्न मिल्दैन जस्तो देख्यो अथवा भोग्यो त्यो भन्न र सुनाउनु नै पर्दछ तर माथि उल्लेख भएका बुंदाहरु किन र कसरि घट्यो हामि त्यसलाई मनन कहिले पनि गर्दैनौ   देश बनाउने र समाजमा शान्ति बनाउने काम पुलिसको मात्र हैन त्यो सबैको साझा दायित्व भित्र पर्दछ  दुख गरेर लगानी गरेर पढ्यो अनि हातमा डिग्री लिए पछी बेरोजगार. सके सम्म प्रशासन तर्फ नै जागिर खाने मनस्थिति बनाएका हुन्छन आजका युवाले  लोक सेवाको फारम भरेको बर्षौ बर्ष त्यसको नतिजाको अत्तोपत्तो हुँदैन एक पल्ट पुलिसमा पनि कोसिस गरौन त भन्ने सोच बनाएर गयो. पुलिसले लिने सबै लेबल पास गरे पनि अन्त्यमा मोलमोलाई सुरु हुन्छ. बिचौलिया मार्फत  कुन पदमा भर्ना हुने आदि आदि  सिधै हाक्काहाकी भन्छन गृहमन्त्रीको मान्छे हु भनेर  हुन पनि हो अहिले देशमा गृहमन्त्रीको आदेस बेगर रौ पनि हल्लिदैन  इस्पेक्टर घटीमा १५ देखि २० लाख, अ।स।इ ८ देखि १० लाख, हुँदा हुँदा तल्लो दर्जाको जवान पदमा धरी लाख भन्दा घटीको मोलमोलाई हुदैन. भर्ना हुने नेपालको पुलिसमा अनि त्यो पदमा भर्ना हुने पनी नेपाली जनताकै छोरा हुन. हिजो माओबादीले जस्तो बिहारका चटपटे बेच्न आकालाई बन्दुक बोकाएर युद्द लडाउने कुरा त पक्कै हुदैन १ लगानी गरे पछी प्रतिफल खोज्नु त्यो कुनै नौलो कुरा हैन. सेना तथा प्रहरी संगठन भनेको अनुशासनमा चल्ने संगठन हो. त्यो कुनै राजनीतिक पार्टी वा दलको संस्था जस्तो हुदैन. खेति गर्नु भन्दा पहिला खनजोत गरिन्छ अनि सफा राम्रो बिउ बिजन हालिन्छ. जब बिउको दानानै अर्ध सडेको छ भने त्यो दानाले कस्तो उत्पादन दिन्छ पहिला त्यसलाई कल्पना गर्नुस त र जानाजानी आफै पैसाको बलमा संगठनमा भर्ति हुनेले पछी त्यो लगानी असुल गर्न लाइ अनैतिक काम गर्दैन भनेर कसैले पत्याउछ रु पैसा त त्यसै फल्दैन रु सरकारले दिएको रासन तलबले त्यो लगानी उठ्दैन भने त्यतिखेर त्यो लगानीकर्ताले गर्ने भनेको नै अपराध हो. तालिमको दौरानमा पनि उसले सिधै भन्छ यती लाख लगानी गरेर भर्ति भाको हु. लगानी गरेर भर्ति हुनेले तालिममा के सिक्छ र कस्तो अनुशासनमा बस्छ त्यसलाई पनि बिचार गर्नुहोस. हिजो पंचायती कालमा छोरा तह लाउन लाइ सेना पुलिसमा भर्ति गर्थे. त्याहा भित्रका प्रशिक्षकले सिधै भन्थे “हेर बाबु हो यो ठाउं त ‘काजीको छोरालाई पाजी र पाजिको छोरालाई
काजि’ बनाउने ठाउँ हो” मन लगाएर तालिम गर्यो भने ज्यानले सुख पाउला. हैन भने एकजनाले बिरायो साखा पिरायो होलाहै तर अहिले त्यस्तो छैन. फलाना मन्त्रि, फलाना नेता र फलाना पावारवालाको मान्छे भर्ति हुन्छन नेपाल पुलिसमा. गरिबको छोराले चाहेर पनि भर्ति हुन सक्दैन. त्यहि माथि मदेसी र जनजातिको आरक्षण कोटा २०४६ सालको परिवर्तनले नेपाली जनतालाई के दियो रु के पायो नेपाली जनताले के को लागी लडेका रैछौ त रु के बोल्न र भन्न ९वाक स्वतन्त्रता को लागी मात्र जातन्त्रको लागि लडेका हौ रु एकपल्ट छातीमा हात राखेर सोच्नुस त पाइला पाइलामा तपाइले पैसा नछरे सम्म तपाइको काम फत्ते हुदैन. हिजोको त्यो पंचायती ब्यबस्था र तपाइले हामीले बनाएको नेताहरुले राखी दिएको मनचिन्ते नाम नयाँ नेपाल लाइ तुलना गर्नुस. हो हिजो बोल्नमा प्रतिबन्ध थियो तर काम गरेर निर्धक्क संग खान पाएका थिए . अड्डामा हाक्काहाकी घुस लिन सक्दैन्थे. ठुला ठुला मन्त्रि, माननीय देखि लिएर पुलिसको आइ।जी सेनाको कर्नेल सम्म जेल गाका थिए तर अहिले रु त्यसैले पैसा लगानी गरेर अनि आरक्षणको बलमा पुलिसमा तपाईका छोराछोरी भर्ना गराउनु भयो भने तपाइले पाउने शान्ति र सुरक्षा यस्तै हुन्छ. किन जानाजानी ब्वाँसाहरुलाई पैसा खुवाएर पुलिसमा भर्ना गराउनु हुन्छ रु यस्तो कार्यको सख्त निषेध तथा बिरोध शान्ति र सुरक्षाको अनुभूति गर्न पाउनु हुनेछ. नेता बनाउने जनताले हो नेताले जनता
बनाउने होइन. त्यसैले बालि रोप्नु भन्दा पहिला नै असल र गुणस्तर बिउको चयन गर्नु हुन सबैलाई आग्रह गर्दछु .

गर्नुस, भण्डाफोर गर्नुस १ त्यति गर्नु भयो भने मात्र तपाइले समाजमा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com