मुलुकको खजाना लुटेरै सखापभो :By, कोमल भट्ट




मुलुकको खजाना लुटेरै सखाप भो
भरोषा र आशा चुटेरै सखाप भो

गरीवी र भोकले सधैँ ग्रस्त पार्दा
समाजका सुस्वप्ना टुटेरै सखाप भो

अशिक्षा र अन्धो समझ फैलिनाले
भविष्यत र भाग्य फुटेरै सखाप भो

इलम क्यै नपाई युवा शक्ति सारा
विदेश तर्फ लर्कन छुटेरै सखाप भो

कहाँ हो सुशासन कहाँ शान्ति देशमा
सबै छल कपटमा जुटेरै सखाप भो

कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल:-न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com