मेरै भाग्य यस्तो हो कि तिम्रो आफ्नो हुन पाईन
भेट्नु छुट्नु नियति नै तिम्लाई भन्नु केही छैन
नसोच्नु है हाम्रो माया मैदानको खेल भयो
सर्वश्व नै दिँदा पनि माया भित्र झेल भयो
बाध्यतामा परेँ आफैँ तिम्लाई धोका देको हैन
भेट्नु छुट्नु नियति नै तिम्लाई भन्नु केही छैन
जिन्दगीमा तिमीसँग जिउने रहर हुँदा - हुँदै
मर्नु बाँच्नु दोसांधमा भाछु एक्लै रुँदा - रुँदै
मनको ब्यथा बल्झी रुँदा तिमीसंग रुन पाईन
भेट्नु छुट्नु नियति नै तिम्लाई भन्नु केही छैन।
सुचित्रा खनिया
भरतपुर चितवन,
हाल इजरायल।