काठमाण्डौ माघ ४,
नेपाल-भारत पर्यटनसम्बन्धी छलफलका लागि लुम्बिनीमा गरिएको एक कार्यक्रममा भारतीय पर्यटन बोर्डले गौतमबुद्ध लुम्बिनीमा जन्मिएका र उनका बुबा शुद्धोधनको कपिलवस्तु दरबार भारतको उत्तर प्रदेशमा पर्दछ भन्ने भ्रामक किताब तथा ब्रोसरहरू वितरण गरेको छ ।
बुद्ध सर्किटसम्बन्धी दुई देशको पर्यटन बोर्ड, नेपालका संस्कृति तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटी तथा नेपालका लागि भारतीय राजदूत जयन्तप्रसाद सहभागी रहेको कार्यक्रममा उपस्थित सबैलाई भारतीय पक्षले उक्त किताब र ब्रोसर बााडेको थियो ।
कार्यक्रममा दुईदेशका ट्राभल एजेन्ट तथा पर्यटन व्यवसायी पनि सहभागी थिए ।
लुम्बिनीमा माघ २ र ३ गते दुई दिनसम्म चलेको सो कार्यक्रममा भारतीय पर्यटन बोर्डका कर्मचारीले व्यापकरुपमा कार्यक्रमस्थलमै ब्रोसर वितरण गरिरहादा नेपाल पर्यटन बोर्ड रमिते देखिएको सहभागी प्रकाश न्यौपानेले बताउनुभयो ।
भारतीय पक्षबाट बुद्ध सर्किटको प्रचार भन्दै कार्यक्रम गरिरहादा सो ब्रोसरमा लुम्बिनी बाहेकका बुद्धसाग सम्बन्धित रामग्राम, देवदह, तिलौराकोटको नाम नै राखिएको थिएन ।
भारतीय पक्षले एकतर्फीरुपमा भारतमै रहेका सारनाथ, सेराबस्ती, सङ्िकसा, कउसम्बी, कुशीनगर र लुम्बिनीलाई मात्र बुद्ध सर्किट भनेर व्याख्या गरेको छ ।
उनीहरूले वितरण गरेको ब्रोसरमा लुम्बिनीसमेत नेपालमा पर्दछ भनेर लेखिएको छैन । उनीहरूको बुद्ध सर्किट भनेर बुद्ध लुम्बिनीमा जन्मेका हुन् मात्र लेखिएको छ भने अरू सबै भारतीय तीर्थस्थललाई मात्र देखाएर बुद्ध सर्किट भनिएको छ ।
नेपाल पर्यटन बोर्ड बेलहियाका प्रमुख प्रदीप बस्नेतले कपिलवस्तुको विषयमा भारतले पनि दाबा गरेको तर यो नेपालमा पर्ने जनाउादै यसको विषयमा सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको जनाउनुभयो ।
भैरहवा क्याम्पसका क्याम्पस प्रमुख डा घनश्याम न्यौपानेले बुद्धको जन्म तथा शुद्धोधनको दरबार नेपालमा पर्छ भन्ने यथेष्ट प्रमाण हुादा पनि नेपाली पक्षबाट यसको कुटनीतिक पहल गरी नसच्याउनु दुर्भाग्य भएको बताउनुभयो ।
स्थानीय पत्रकार नरेश केसीले नेपालमै आएर कपिलवस्तु भारतमा पर्छ भन्दै ब्रोसर वितरण गर्नु लज्जाजनक हो भन्नुभयो ।nepalbritain;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै