गजल : By, रोशन खड्का



सके जती खुसी मैले, दिई पाल्छु भनेकै थेँ।
झारी आँसु बरु आफैँ, पिई पाल्छु भनेकै थेँ।

गरिबको वेदनाले, फाट्यो भने तिम्रो मन,
मलम् पट्टी लगाउँदै, सिई पाल्छु भनेकै थेँ।

अभागी म दुखीलाई, तिम्ले साथ दे'को भए,
तिम्रा सबै दुख आफै, लिई पाल्छु भनेकै थें।

तिम्ले भने जसतो म, रोगी राले भए पनी,
तिमीलाई धरती मै, जिई पाल्छु भनेकै थेँ।

रोशन खड्का। शहरे ८,
दोलखा, हाल मलेशिया।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com