अधिकारकर्मीहरुद्धारा प्रधानमन्त्री निवास बाहिर धर्ना

काठमाण्डौ पुष १८,

महिला हिसांको विरोधमा उत्रिएका अधिकारकर्मीहरुले आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिइरहेका छन । देशभर महिलामाथिको हिसांका घटना सार्वजनिक भइरहदा पनि कारबाही नभएको भन्दै आज पनि अधिकारकर्मीहरुले धर्ना जारी राखेका हुन् ।

११ बजेसम्मका लागि तय गरिएको भर्ना केहीबेरमा सकिने अधिकाकर्मीले जनाएका छन् । विभिन्न ठाउँमा भएका महिला हिंसाका घटनामा संलग्नहरूलाई छिटो कारबाही गर्न भन्दै अधिकारकर्मीहरुले प्रदर्शन र धर्नालाई केहीदिन देखि जारी राखेका छन् ।

 यसैबीच अनामनगरको एक घरमा मृत अवस्था फेला परेकी सरस्वती सुवेदीको शवको पुनपरीक्षणको लागि आज पनि पहल गरिने भएको छ । शवको पुन परीक्षण आजै गराउन पहल भइरहेको महिला हिंसाको अनुगमन गर्न सरकारले बनाएको अनुगमन समितिका रेणुराज भण्डारीले सीआईएनलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्यालयका सचिव राजुमानसिंह मल्ल संयोजक रहेको अनुगमन समितिले बारा, बर्दिया, दैलेख, त्रिभुवन विमानस्थललगायतका ठाउँमा भएका महिला हिंसाका घटनाको अध्ययन गर्ने जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com