बर्डफ्लु देखा परेका ३ सय कुखुरा नष्ट
काठमाडौमा बर्डफ्लु देखा परेका कुखुरा नष्ट गरिएको छ । सीतापाइलाको एक लेर्यस फार्ममा हिजो बर्डफ्लुुको सक्रमण देखिएपछि बिहान ३ सय भन्दा बढी कुखुरा नष्ट गरिएको हो ।
पशु सेवा निर्देशनालय प्रवक्ता डा. नारायणप्रसाद घिमिरेले फार्ममा रहेका सबै कुखुरा नष्ट गरिएको र उच्च् सर्तकता पनि अपनाइएको जानकारी दिनुभयो । सीतापाइलाको मानन्धर कुखुरा फार्ममा हिजो बर्डफ्लु देखिएको थियो फर्ममा झण्डै तीन हजार कुखुरा रहेका थिए ।
यसअघि पनि सीतापाइला र नजिकै रामकोटको कुखुरा फार्ममा बर्डफ्लु देखा परेको थियो । बेलुका सबै सबै नियन्त्रणमा आउने भएकाले आत्तिन नपर्ने निर्देशनालयले जनाएको छ ।