अछाम पुष १८,
अछाम जिल्लामा महिला परियोजना अन्र्तगत कार्यरत २३ जना शिक्षकलाई सरकारी दरवन्दी अन्र्तगत अस्थायी शिक्षक सरह रहने निर्णय गरिएको छ । जिल्लामा अब यो परियोजना दरबन्दी नरहेकाले जिल्ला शिक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
जिल्लामा कुनै पनि परियोजना नरहेकाले परियोजनामा कार्यरत शिक्षकलाई कुनै विद्यालयमा शिक्षक रिक्त रहन गएमो परियोजनामा कार्यरत शिक्षकलाई सरकारी शिक्षकको दरवन्दी सरह अस्थायी शिक्षकमा रहने व्यावस्था गरेको हो ।
जिल्ला शिक्षा अधिकारी श्याम सिंह धामीका अनुसार सरकारले २०५८ सालदेखि स्थायी शिक्षक अवकास भएमा त्यो ठाँउमा महिला परियोजनाको दरवन्दीमा कार्यरत शिक्षकलाई राख्ने व्यवस्था गर्ने निर्देशन गरे अनुसार त्यस दरवन्दीका शिक्षकलाई अस्थायी शिक्षक सरह मिलाउने व्यवस्था गरिएको हो ।
२०५० सालदेखि लागु महिला परियोजना अन्र्तगतको जिल्लामा २३ जना शिक्षक कार्यरत रहेका भएपनि अव अछाम जिल्लामा कुनैपनि परियोजनाका शिक्षक नरहेको उहाँले बताउनुभयो ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै