माघ १०,
दोस्रो कार्यकालको लागि सपथ ग्रहण गरेलगत्तै बासिङ्टनमा आयोजित भव्य सम्मान समारोहमा अमेरिकी राष्ट्रपति बाराक ओबामा पत्नी मिचेलसग नृत्य गरे ।
सयौं बिशिष्ट पाहुनाको भरिएको हलमा शक्तिशाली राष्ट्रको सर्वोच्च पदमा आसिन हुने पहिला अश्वेत राष्ट्रपतिको नृत्य विश्वभर चासोको बिषय बन्यो ।
केही महिना अघिको निर्वाचनमा प्रतिस्पर्धी मिट रोम्नीलाई हराउँदै अमेरिकको राष्ट्रपति निर्वाचित ५१ बर्षीय ओबामाले सोमबारदेखि औपचारीकरुपमा दोस्रो कार्यकालको सुरुवात गरेका छन् ।
आफ्नो सम्मानमा आयोजित पार्टीमा बोल्दै ओबामाले आफ्ना देशका जनता र अफागानीस्तानमा युद्धरत आफ्ना सैनिकहरुलाई सम्झिए र पत्नी मिचेललाई स्टेजमा बोलाए । 'यो पार्टीले केही कुरा भन्छ, जुन कुरा हामीले कहिल्यै सक्दैनौं', मिचेलसँग नाच्नुअघि ओबामाले भने ।एजेन्सी;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै