रुखले किचेर एक बालिकाको मृत्यु
सङ्खुवासभा, माघ ९ ,
जिल्लाको धुपु- ८ ज्यामिरेमा रुखले किचेर सोमबार एक बालिकाको मृत्यु भएको छ। घर नजिकै बाबु शान्तिरामले रुख काटिरहेको स्थानमा खेलिरहेकी उनकी दुई वर्षीया छोरी अपेक्षाको रुख पल्टँदा पेलिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक रुपम लामाले बताए।
छोरीलाई बचाउने प्रयासमा बाबु शान्तिराम गम्भीर घाइते भएका छन्। उनको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ। रासस