कोरिया माघ ९,
आज भन्दा ६ वर्षा अगाडिको कुरो हो जब म अबुदबीको एस आई ल्याण्ड भन्ने ईलाकामा काम गर्थे र क्याम्प पनि त्यहिनै थियो। सुक्रबारको दिन थियो बिहान बिहानै उठ्ने तरखर गर्दै थिए तर सबै जना साथीहरु मस्त निदाइरहनु भयको थियो शुक्रबार परेको हुनाले ड्युटी जानु पर्दैनथ्यो ढिलै उठे पनि हुन्छ भन्दै अघिल्लो बिहीबारको रात (झुम्मा रात) परेकाले अबेर सम्म साथीहरु तास खेलेर दारु पिउदै बसिरहनु भयको थियो तर म त दारु पनि नपिउने र तास खेल्न नजान्ने भयकाले बेलैमा सुते तर साथीहरु कतिखेर सुत्नु भयो खै थाहै भएन जब बिहान ब्युझियर हेर्दा पो भुइँ भरि तास् छरियका थिय २,३ वटा दारुको बोतल पनि यत्र तत्र ढलेको थियो कोठा भरि दारु र चुरोटको गन्धले कोठा कुइरिमंडल हुदै खुलेर सास फेर्न पनि नसक्ने गरि गन्ध फैलियको रहेछ खुल्ला दालमोट दारुका कपहरु र चुरोटका ठुटाहरूले भुइँ भरियका थिय/सान्ग्लाहरु पनि दाल्मोठ्लाई लडाई लडाई आफै तिर तान्दै गरेको देखिन्थ्यो ।
कुनै कुनै साथि हरु त दोहोरि खेले झैँ निन्द्राले पालै पालो घुरिरहेका थिय जस्तोकि एकान्त जंगलमा सिंहका भाले पोथी बिछोडिएर कराए सरि/ त्यतिकैमा साथि राजुको मोबाल्मा फोनको लामो घन्टी आयो त्यस घंटिले केहि साथीहरुको मिठो निन्द्रा खलबलाईदियो जब राजुले निकै समय पछी ब्युझियर आँखा तन्काउदै फोन उठायर हेर्यो अनि चिम्रे हासो गर्दै बुद्द सर तपाइको गल्फ्रैंड जासेल्को पो रहेछ फेरी आज किन बुद्दलाई खोज्या होलि बुद्द बुद्द भन्दै मर्ने भै यो पनि भन्दै फोन लाउड स्पिकरमा लगायर मलाई सुनायो नभन्दै त्यो फोन मेरै बारेमा पो रहेछ भन्दै थि ......राजु आज मेरो जन्म दिन हो मलाई विसिंग गर्ने मान्छे याहा कोहि पनि छैन जसरि पनि बुद्दलाई विसिंग गर्न भनि देन प्लिज..... केहि महिना अघि देखि जासेल बाट म टाढा बनेको थिए जतिनै म टाढिए पनि उ प्रति म सधै नजिक नै रहेछु राजुले बेला बेलामा त मेरो बारेमा उसले लेखेको मेसेज र गरेको कल को रेकर्ड पनि नसुनायको त कहा होर ति मेसेज र फोन रेकर्डमा मेरै बारेमा गुनासो मात्रै सुनिन्थ्यो/त्यसलाई त बरु जसो तसो टार्दै थिय तर जब यो प्रत्यक्ष आवाज मेरो कानमा पर्यो मेरो मुटुको धड्कन काप्न थाल्यो ।
मेरो आँखाबाट अनायासै आँशुका छाल बनि बर्सिन सलबलाउदै थिए तर राजुले देख्छ भन्ने डरले मुस्किलले आँखाको डील नाघ्न दीईनआँखैमा पचाय मैले सोचे कति कोमल हुन्छ ई छोरी जातिको मनहरु बिदेसी हुन् या स्वदेसी सबैको एउटै आत्मा भयको/मैले न उसलाई कुनै दिन भेटेको नै थिय न त त्यति गहिरो सम्बन्ध नै थियो हाम्रो बिचमा मात्र एउटा झमक भन्ने साथीको मोबाइलबाट गलत नम्बर परि कुनै दिन उसको मोबाइलमा मिसकल गयको रहेछ । किन मिसकल गरेको को हो तपाइँ भनि मेसेज पठायकी रहिछे उसले तर झमकलाई बिल्कुलअंग्रेजी नआउने हुदा मलाई त्यस मेसेज पढ्न लगायो र मैले पढे . सरि भन्न लगायो सरि पनि भने अनि डर पनि उतिकै थियो हामीमा डर यो अर्थमा कि अरबीहरु कानुनमा निकै कडा हुन्छन/उनीहरुले चाहे भने जे पनि गर्न सक्छन तर पनि एक मिसकल गयकोमा त के नै फरक पर्ला त अरबिनै रहेछन भने पनि माफ माघुला नि भन्ने पनि उतिकै लागेको थियो . त्यति सोच्दा नसोच्दै तुरुन्तै उताबाट अर्को मेसेज आयो its Ok but who are you ? pls let me know about you....भनेर... बल्ल अब अलि ढुक्क भईयो जहा सम्म लाग्छ यो अरबी त पक्कै होइन अरबिनै रहेछ भने पनि उसले ठिकै छ भनेर माइन्ड नगरे पछी हामि किन डराउने भन्ने भयो ।
त्यसको जबाफमा म नेपाली हु भनि पठाय त्यतिकैमा उसको बारेमा पनि सोध्न मन लाग्यो र सोधे who are you pls? तुरुन्तै उतर आयो i am jacel 25 years old.तर याहा आयर कन्फ्युज भैयो केटा होकी केटि हो अंग्रेजी नाम भयकोले छुट्याउनै सकियन हामि दुवै अलमलमा पर्यौ तर पनि सोध्न मन लागेकोछ आ जे होला होला फेरी सोधे are you lady or jents? फेरी तुरुन्तै उतर आइहाल्यो i am philipino lady सुरु सुरुमा त झमकलाई सोधेर मात्र उतर फर्काउने गर्थे अबत आफु खुसि पठाउन थाले मोबाइल उसको भयपनी हैकम आफ्नै जमाउन थाले । के कम थिए र म पनि अल्लारे पाराले त्यतिकै चंचल थिय त्यस्ता माया प्रिती भन्ने कुरामा त मेरो पनि कान ठाडो भै हाल्थ्यो न कतै परेको न त त्यति भोगेको नै कच्चा माटोको भाडो जस्तै रहेछु . आज भोलि लाग्छ त्यस्तो उताबाट पनि मेसेज आइरहदै थियो यहाँ सम्मकी are you marrid or not married ? but i am unmarried मैले पनि उसकै भासामा i am also unmaaried भनेर पठाय गल्ति त्याहानेर भयको रहेछ अहिले बुझ्दा तर मलाई त्यस बेला के थाहा भयोर पछाडी यो स्थिति आउछ भनेर ।
यति भए पछी झमकको मोबाइल उसैलाई दियर हामि छुट्टियौ भोलि पल्ट बिहान झमक्को कोठा हुदै चिया खानलाई कप बोकेर आउदै थिय झमक पनि चिया खान जानलाई एउटा हातमा गिलास र अर्को हातमा मोबाइल बोकेर उसको कोठाबाट बाहिर निस्कदै रहेछ मलाई देख्ने बितिक्कै हल्का मुस्कुराउदै बुद्द सर हिजो तपाइले कस्तो मेसेज पठाउनु भयो हेर्नुस त रात भरि मेसेज आएको आयै छ मैले मेसेज नपठाय पछी २,३ कल फोन पनि आयको थियो मैले फोन पनि नउठायपछी फेरी पनी मेसेज आउदै थियो निकै डिस्टर्ब भएर मोवाइल्नै स्विचअफ गरेर सुते हेर्नुस अझै बन्ध नै छ भन्दै मोबाइल खोल्दै देखायो नभन्दै धेरै मेसेज आयको रहेछ अनि म ति मेसेज हेर्दै हास्न मन लागेर खित्का छोडेर हास्न पुगेछु र उ पनि सगै हास्दै रहेछ अनि भन्दैथ्यो बुद्द सर मलाइ धेरै डिस्टर्ब भयो यो अब तपाइकोमा सार्नुस मलाई इन्ग्लिश पनि आउदैन न मेसेज पठाउन जान्छु न बोल्न नै ......
लौ मलाइ पो पर्यो फसाद के गर्ने के नगर्ने दोधारमा परे ठिकै छ नि त त्यस्तो डिस्टर्ब नै भयको भय म तपाईलाई त्यसबाट मुक्त गराइदिउला उसलाई मेरो नम्बर दिन्छु र भन्छु मेरो नम्बर आजबाट चेन्ज भयो त्यो पहिलेको नम्बरमा कहिल्यै फोन नगर्नु मेसेज पनि नपठाउनु सुनेको थिए फिलिपिनिहरु अंग्रेजीमा निकै ट्यालेन्ट हुन्छन कमसेकम अंग्रेजी त सिकिन्छ के भयो त कहिले काही फोन गर्ने त होनी भन्ने लागेर जासेललाइ मेरो नम्बर दिए अबत उसलाई के खोज्छस कानो आखो भनेको जस्तै पो भएछ, लगातार घण्टा बित्न नपाई मेसेज पठाउन थालि फोन पनि उतिकै गर्न थालि आफ्नो त कमाई खासै भन्नु पर्दा उसले गरेको मेसेज र फोन गर्दैमा ठिक्क हुने जस्तो तर पनि उसले मेसेज पठाउदा मैले पनि मेसेज पठाइरहनु पर्ने रे यदि २,३ वटा मेसेज आउदा पनि एउटा पनि मेसेज पठाइन भने तुरुन्तै फोन गरेर बुद्द i miss you a lot...but why you don't reply me? यसो यसो भनेर गुनासो गर्दै मेसेज गरि रहन्थी/कहिले भन्थी i miss your voice.....कहिले भन्थी i want to look you face to face......कहिले भन्थी i want marry with you....के के हो के .........
अतिनै भए पछी मलाई लाग्न थाल्यो मेरो त खर्च भयो भयो बिचरी त्यसको पनि किन व्यर्थ खर्च के गराइदिनु जस्तो लागेर प्लिज जासेल म १२ घण्टा ड्युटीमा बिजी हुन्छु प्लिज यसरि मेसेज र फोन गरेर मलाई डिस्टर्ब नगर् त पनि यसरि धेरै खर्च नगर यसले हामि दुबैलाई फाइदा छैन त्यसैले यसरि मेसेज पठाई रहदा मेरो काम्मा बाधा पुग्छ आदि आदि भनेर रोक्न थाले यसो भनुन्जेल त ok i am sorry for that...भन्थी तर त्यसको १ घण्टा पनि बित्न नपाई फेरी अरु मेसेज गर्न थालि हाल्थी कहिले काही त मोबाइलनै बन्द गरेर राखुकी जस्तो पनि लाग्थ्यो तर त्यसो गर्दा पनि धेरै तिर बाट फोन आउछ त्यसको कारणले आफु कन्ट्याक बिहिन भयर बस्नु पनि उचित होइन भन्ने पनि लाग्थ्यो र त्यसो गर्न सक्दिनथे . एक दिन त यसो भन्न थालि बुद्द म अहिले निकै बिमारी भयको छु मलाई हस्पिटल छोड्न आइज न प्लिज तर मैले बहाना बनाएर म अहिले बाहिर अर्कै ठाउमा गएकोछु कोहि कोहीलाई लियर हस्पिटल जा र राम्रो सग उपचार गरा निको हुन्छेस नभन्दै बेलुकी उपचार गरायर फर्कियको रे अलिक ठिक भएको छु आइज सगै बसौ प्लिज भन्दै थि फेरी पनि त्यस्तै अर्को बाहाना गरि बोलाईस धन्यबाद तर आउन असक्षम छु भनि यसमा पनि टारे ठिकै छ तेरो मलाई भेट्न मनै लाग्दैन भने नआइज तर मैले तलाई धेरै मिस गरेको छु भन्दै रुन्थी पनि/कहिले काही त गएर भेटौ कि जस्तो पनि नलागेको त कहा होर तर नभेट्दा त यस्तो हत्ते गर्नेले झन् भेटे पछी कसो गर्ली ?
आफु त २,२ वटा बच्चाका बाबु घरको समस्या एकातिर छ बाहिर पनि खराब ब्यबाहार गर्दै हिड्नु हो भने मलाई धिकार छ जसो तसो यस जासेल बाट छुट्नु नै बेस अब आइडिया नलगाई भयन भन्ने सोचेर घरमा बुबा बिमारी हुनुहुन्छ म घर जादैछु अब यो नम्बर अर्को मान्छेलाई दिदैछु त्यो मान्छे धेरै खराब छ त्यसलाई मेसेज नगर्नु फोन पनि नगर्नु भन्न के भ्यायको थिय डाकै छोडेर रुन थालि कसरि सम्झाउने झन् गाह्रो पर्न थाल्यो pls dont go, pls dont go if you go let me go together......भन्दै रुन थालि मैले यसरि नरो म सकभर छिट्टै आउछु भन्दा होइन त नजा बरु खर्च नभय म सग छ यो पठाईदे त नजा भन्दै रुन्थि तर म उसले जतिनै बिन्ति गरे पनि अस्विर्कार गर्दै गए किन कि जानी नजानी कन्ट्याक गरिहालियो अब म बाट उसलाई कुनै घात नहोस भन्न चाहान्थे र त्यसको लागि छिटो भन्दा छिटो उ बाट छुट्नु मेरो र समग्र उसकै लागि पनि उतिनै उत्तम बिकल्प थियो जस्तो लागेर उ बाट बिदा भयर छुटे ।
तर केहि दिन मोबाइल बन्द गरेर राखे तर यसरि बन्द गरेर पनि कति चल्ला जस्तो लागेर मोबाइल फेरी खोले बाइ चान्स नया नम्बर कतैबाट फोन आयो भने आफु उठाउदीन थिए लामै घन्टी आइरह्यो या त धेरै कल आयो भने मात्र अरु कसैलाई उठाउन दिएर बुद्दलाई खोजेको भय बुद्द नेपाल गयो भन्न लगाउथे/२,३ पटक त उसकै नम्बरबाट कल आयको थियो मैले अर्कैलाई बोल्न दिए उसले सोध्दै हुन्थि बुद्द कहिले आउछ बुद्दको घरको नम्बर दे आदि आदि भनेर जसलाई फोन उठाउन दियको हुन्थे उसलाई सबै भन्ने कुरा सिकाएर मात्र फोन दियको हुन्थे उसले त्यसै भन्ने गर्थ्यो जुन मैले सिकाएको हुन्थे एक दिन त मेरो साथि राजुले त्यो जासेल्को नम्बर पाउनु भयछ थाहा भएन कसले दियो/उहाले जासेल्लाई भन्नु भयछ बुद्द मेरो छिमेकी हो बुद्द को २ वटा छोरा छन् बुद्द अब नेपालबाट फर्किनु हुन्न बुद्दलाई बिर्सिदे बरु मलाई बुद्दको रुपले हेर म तेरो ब्वाई फ्रैंड हुन तयार छु तर जासेल्ले बुद्द त्यसो हुनै सक्दैन यदि बुद्द त्यस्तो हो भने पनि म तेरो हुन सक्दिन प्लिज बुद्दको बारेमा त्यसो नभन भन्दै भनेकी हुदीरैछे राजुले पनि मलाइ त्यस्तो पुरै मेसेज देखाउनु हुन्थ्यो र एक दिन भन्नु भयो कि बुद्द सर एक पटक जसरि पनि गएर जासेल्लाई भेट्नुहोस नत्र तपाईलाई ठुलो पाप लाग्छ ।
अतिनै भए पछि नेपालको रमेस दाइको मोबाइल नम्बर प्रयोग गरेर इन्टरनेट बाट जासेल्लाई मेसेज पठाउन थाले प्लिज जासेल अब मलाई बिर्सिदे म फर्किन सकिन र म सग मोबाइल छैन त्यसैले तलाई फोन गर्न पनि सकिन माफ गर जे हुनु भयो अब मलाई जसरि अरु कसैलाई बिस्वास नगर सबै मान्छे राम्रा हुदैनन् त्यसरी अनाहकमा पैसा पनि खर्च नगर भनेर अनेक तरंगले सम्झाउन थालि तर मैले उसलाई जति मेसेज गर्थे नेपालको मोबाइल नम्बरबाट जान्थ्यो यसले गर्दा उसलाई लागेको थियो कि पक्कै बुद्द नेपालनै गएको रहेछ भन्ने फेरी उसले नेपालको त्यो रमेस दादाको नम्बरमा २,३ पटक फोन पनि गरेकी थिरे भन्दै हुनुहुन्थ्यो रमेस दादाले मेरो बारेमा सोधेकी हुन्थी रे बुद्दको घरको नम्बर दे यात बुद्दलाई दुबही छिट्टो फर्की भनेर......एक दिन जासेल्को जन्म दिन परेको रहेछ विसिंग गर्ने मान्छे नभयकोले राजुलाई भनेकी रैछे राजु आज मेरो जन्म दिन हो मलाई विसिंग गर्ने मान्छे यहाँ कोहि पनि छैन जसरि पनि बुद्दलाई विसिंग गर्न भनि देन प्लिज.....
तर त्यसले साच्चैनै म सग विवाह गर्न चाहान्थी या साहारा मात्र खोजेकी थि थाहा भएन तर मैले सुरुमा झमकको मोबाइलबाट झुट बोल्नु नै ठुलो पाप् या भुल गरेको रहेछु भन्ने ठानेको छु/ आज भोलि पनि त्यस बेलाको सम्झनाले छातीमा बेला बेला चस्का दिन्छ/ यो माया भन्ने चिज्नै त्यस्तो होकी या त मैले बुझ्न नजानेर हो गलत परिणाम बेहोर्नु परेको तर मलाई त्यस बेलाको त्यो भोगाइले यस्तो पाठ सिकायको छ नजिक हुने बाहानामा कसै सग झुट बोलेर आफ्नो बनाउन खोज्नु भनेको सधैको लागि घाउ पालेर राखी रहनु जस्तै हो.........इतिश्री: