सभ्या समाजमा अमानविय दुर्व्यवहार !!

इज़रायल, पुष २२,

देशमा राजनैतिक आक्रान्त इनफ  थियो त्यसमा अहिले समाजको शैली ले नै बिपरित मोड लिन थालेको छ : हर दिन पत्रिकाको हर मूल पृष्ठमा लाइन्स मा , टेलिभिजनको हर शो मा , रिपोर्टर्सको हर रिपोर्टमा महिला हिंसाका बिषयले स्थान पाउदै आइरहेको छ . पितृ सतात्मका मानसिकताले जकडिएको हाम्रो पूर्वीय  समाज मा नारी हरु सदियौ देखि नाराक्य जीवन बिताउदै आइरहेका छन .

हामी एक-पल्ट कल्पना गरौ नारी बिनाको समाजको , कस्तो होला त्यो समाज यदि पुरुष मात्रको समाज भएमा ? हाम्रै समाज मा नारी लाइ देवीको बिभिन्न स्वरुप मानि पुजिन्छ हाम्रै समाजमा यहीं नारी लाइ खुट्टाको धुलो सरह गन्ति गर्निछ .पुरुष मात्रको  समाज अनि देश कस्तो हुन्छ होला ! तपाइँ कल्पना गरि हेर्नुहोस त् ? पक्कै पनि बिना रंगको फुल झैँ  हुने छ . बिना बत्तिको अँध्यारो जस्तै हुनेछ . नारी लक्ष्मी , भगवती, सरस्वति , दुर्गा, महाकाली यस्ता थुप्रै नामले उनलाई पुकारिन्छ , पुजिन्छ , मानिन्छ तर यहि चेतनशील समाजमा उनै नारी लाइ असोचनिय , अमानबिय , शोषण / अत्याचार , अकल्पनीय ब्यबहार किन ? अनि कहिले सम्म त् ? यो सभ्या समाजमा अमानविय दुर्व्यवहारहरु ? 

नारी बिना श्रीष्टि चल्दैन , नारी बिना हाम्रो हर मनकामना अधुरो रहन्छ , अपुरो रहन्छ अनि किन त् यत्ति घृणा इनै नारी लाइ ? के हाम्रो समाजमा अब छोरी भएर जन्म लिनु अभिशाप नै भएको  हो त् ? यहि समाज हो जसले कसैको छोरी लाइ बुहारी बनाएर ल्याए पछि तल्लो स्तरको ब्यबहार गर्ने , यहि त्यो समाज हो जसले दाइजो नल्याएको नाममा  कसैको छोरी माथि अमानबिय ब्यबहार गर्ने , सारीरिक मानशिक मात्र कहाँ हो र  शरीर मा पेट्रोल , मट्टीतेल खन्याएर  जिउन्दै जलाउने  कुकार्य हरु हुँदै आएको छ , हामी एक-पल्ट अल्पना गरौ आफै लाइ आफ्नै सरिर मा आगो लागेको/ जलेको  कस्तो हुँदो हो त्यस्तो भएमा बिचरा त्यो जो जलिन उनलाई कस्तो असैया पीडा भयो होला त्यसको त् हामी ले कल्पना पनि गर्न सक्दैनौ । यसरि जलाउदा सासुले आफु पनि कसैको छोरी बाट बुहारी भै त्यस घरमा  भित्रिएको भुसुक्क भुल्छिंन त्यो नारी पीडाले छुदै नछुने महान पुरुष को त् के कुरा बिचरा उसले त् जीवन भर अनुग्राही  नै हुनु   पर्ने हो कि उसले ती महान नारीको साथ् पायो । तर अहिले यस्तो आदर्शको कुरा गरेर अत्यास लाग्दो वातावरण लाइ झन् पोल्ने मात्र छ । यो त् एउटा आदर्श मात्र हो ब्यबहारिक होइन । कुनै प्लास्टिक को सजावट बस्तु झैं आज यस सचेत समाजमा सचेत  महा पुरुष हरुले नारीलाई प्याल प्याल गरि पिल्दै / छिल्दै खेलाउन चाहन्छन यो सभ्य समाजको  लज्जाजनक नाङ्गो नृत्यले शीर झुकेको  छ ।

बुहारीले छोरी छोरी जन्माए, छोरालाई फेरी धुम धाम संग अर्को बिहे गर्न उक्साइञ्छ , पुरुष प्रधान्ताले जकडिएको हाम्रो संकुचित सोच ले विछिप्त यो समाज आफ्नो शेष पछि बंस निरन्तरता का लागि छाती फुल्याएर छोराको बिहे गरिन्छ  । यदि बाट स्पष्ट हुन्छ कि कस्तो छ सामाजिक संरचना ! बिहे पछि छोरा/ श्रीमान को दुर्घटना बस मृत्यु हुन गएमा ती बुहारी माथि अलक्षिनीको बोक्सीको लाञ्छना लगाइन्छ , हाम्रो समाजमा बोक्सीको आरोप मा  जलेका हरु कसरि बोक्सी थिए वा बने त्यो त् अहिले सम्म कसैले पत्ता लगाउन सकेको छैन तर बोक्सी कै आरोपमा जलाउने कार्यमा  भने  कमि आएको छैन न त्  दाइजोको कारण बुहारीलाई सताउने नियत मै कमि आएको छ न त् छोरा नजन्माएको निहुमा अर्को बिहे गर्न नै छोडिएको छ । 

समाज मा पटक्कै परिबर्तन नै नआएको भने भन्न मिल्दैन तर अहिले जुन प्रकारले भैरहेको छ यसले बिकृति ल्याएको छ अनि अपमान गरेको छ ती सम्पूर्ण नारी माथि नै चोर ओउलो उठाएको छ । संकुचित भावनाले आक्रान्त समाज मा विभिन्न परिस्थिति ले विदेश पुगेकी नारी नाराक्य जीवन बिताउन बिवस भै बल्ल तल आफ्नो मातृभूमी फर्कंदा आफ्नै आँगनमा नान्गीन्छिंन , लुटीन्छिंन , सारीरिक मानसिक प्रताडना मात्र कहा हो र उनले आफ्नो ज्यान जोखिम मा परि एक-एक थोपा पसिना बगाई कमाएकी पैसा पनि त्यहि अध्यागमन मा सरकारी बिस्वाश घाती अधिकारीहरु बात लज्जाजनक  थुतिन्छ अनि उनलाई नाङ्गै बनाएर सडक मा छाडिन्छ , अब अहिले कसलाई आफ्नो भन्ने ? कसलाई बिस्वाश गर्ने ? कसलाई ?? बर्दिया गुलारियाकी  शिवा हासमी जस्ता कैयौं सीता , गीता र सरस्वतिले जिउदै त्यो आगोका लप्काभित्र बलि बनेसकेका छन , तथ्यांक अनुसार हरेक वर्षा दुइ लाख सात हजार सातसामय चोवान्ना महिला यौन दुर्ब्यबहार हुने गरेको छ .अमेरिका जस्तो बिकशित मुलुकमा पनि हरेक दुइ मिनेटमा एक महिला यौन दुर्ब्यबहार्को शीकार बनेको अध्याँनले बताउछ. दक्षिण एसीय मुलका महिलाहरुका कथाव्यथा पोखेर त् साध्यै छैनन . दिल्लीमा गुडी रहेको बस भित्रै सामुहिक बलात्कारको शीकार बनेकी दामिनी र नेपाल बर्दियाकी शिवा हसमी जस्ता कयौं निर्दोष आत्माले शान्ति पाउने छैनन् जब सम्म ती कु-कर्म गर्नेहरुले सहि मानेमा सजाए पाउदैनन । देशमा नियम कानुन त् छन् ती निर्बल र गरीब का लागि मात्र हुन धनि र सम्पन्न का लागि होइन । आफ्नो इमानलाई जमानतमा राखी पैसाको पछि पर्ने हरु प्रसस्त छन् ।  

अहिले शहरका सडक हरुमा महिला अधिकार कर्मिहरुले महिला हिँसा बिरुद्ध तात्तिएर उठे पनि ती अपमानित / अमानबिय व्यभिचार आगोका पीडाले पिल्सिएका पोलाइहरु कम गर्ने मलम कसै संग छैन बस अब फेरी कोहीं नारी  माथि कुकार्य नहोस भन्ने नै मूल नारा हो । बर्षौ  देखि संस्कारको घुम्टोमा सजिएकी यी नारी  अहिले समयको परिबर्तन संगै पुरुष संग संघर्षको मैदानमा उत्रिने सत प्रयास मा छिन  तर उनको यस सत प्रयास लाइ प्रोत्साहन दिनुको सट्टा निरुत्साहित गरिन्छ उसको कोसिश मा हासिन्छ , यो हाम्रो तल्लो  स्तरको छोटो सोचले समाज लाइ नै अधौगति तिर धकेल्दै छ । अबसर पाएमा नारी पुरुष भन्दा कुनै कम छैनन् तर उनको त्यो साहस लाइ चिन्ने र प्रोत्साहन गर्ने प्रयास  भएको पाइदैन हाम्रो सबल समाज मा । 

अहिले समाजमा यति बिकृति  आइसकेको छ कि तीन बर्षे दुधे नाबालिका लाइ पनि ती नर पिपाशु हरुले छोडेका छैनन् आफ्नो यौन प्यास बुझाउन हुरुक्क ती कलंकित समाजकै कलंक हुन तिनीहरु । अहिले समाजमा भैरहेको यस लज्जाजनक कार्यले बाबु छोरी, माइती चेली बिच आँखा जुधाएर बोल्न पनि अप्ठ्यारोको स्थिति सृजना भएको छ । संसार मै आधा आकाश भन्दा बडी स्थान ओगटेर  रहेका नारीहरुको स्थिति भने निकै दयनिय नै छ भन्दा फरक नपर्ला । उच्च सोच भएको युरोप मा त् महिलाहरु सुरक्षित छैनन् हाम्रो जस्ती यसियाली मुलका महिलाहरु त् हर मिनेट मा बिभिन्न हिंसाका शीकार बन्न बाध्य छन महिला हरु, त्यो चाहे घरेलु होस् , सारीरिक होस् मानसिक होस् कुनै न कुनै प्रकारले उनीहरु पीडित बनि नै रहेका हुन्छन । 

अहिले व्यक्तिको मात्र होइन समस्त समाज कै शीर झुक्ने , अपमानित हुने अनि जघन्य आपराधिक कुकार्य भैरहंदा यसको कारण लाइ पनि अलिकति केलाइयेर खोतल्न उचित लग्यो , सर सर्ती हेर्दा अहिले जति पनिमहिला  हिँसा भएका छन्  चाहे त्यो घरेलु होस् , चाहे त्यो पारिवारिक होस् , श्रीमान श्रीमती बीच होस् वा कुनै पनि होस् यसको मूल कारण धेरै नै हुन सक्छन त्यस मध्ये  समयको परिबर्तन संगै आएको चेतनामा शिक्षा को कमि चेतनाको कमि मूल मुद्धा हुन ।

समाज लाइ शिक्षाको ज्योति चाहिएको छ जसले ती सम्पूर्ण संकीर्ण अँध्यारो लाइ चिरेर स्वच्छ , निश्चल समताको मैदानमा उभिएर समानताको जुवामा नारी पुरुष उभिने छन् अनि बल्ल  सुन्दर समाज र देशको निर्माण हुनुमा टेवा मात्र पुग्ने छैन कि  उदाहरनिय बन्नेमा दुइमत छैन, जसको लागि राज्यस्तर बाटै पहल हुनु आबश्यक छ । नत्र बोक्सीको आरोप मा जलाइएका र  गाउनै निकाला गरिएका आमाहरुको आत्मा र आफ्नो यौनीक्षापूर्ति गर्न योनपिसाशु हरुको पीडाले  पिल्सिएका  चित्कारहरुका  आत्मा ले, अनि ती दुधे नाबालिका माथि भएका जघन्य  दुराचार्यले पिल्सिएका बाल आत्माहरुले शान्ति पाउने छैनन् |


यासिन राइ !
काठमाण्डौ हाल इज़रयल !!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com