काठमाण्डौ पुष २४,
तत्कालिन द्वन्द्वकालमा मारिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न भएको आरोपमा आफ्ना कार्यकर्तालाई पक्राउ गराएको भन्दै एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीले धम्की दिन थालेका छन् ।
उनीहरुको धम्कीपछि दैलेखका पत्रकार सुरक्षा माग्दै प्रशासनमा निवेदन दर्ता गराएका छन् ।
सदरमुकाममै रहेका पत्रकारहरुले आफूहरु असुरक्षित भएको भन्दै निवेदन दर्ता गराए लगत्तै प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जिल्ला प्रहरी कार्यालय दैलेखलाई आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन समेत दिनुभएको छ ।
हत्याको अभियोगमा पक्राउ परेकालाई तत्काल नछाडेमा यसबाट उत्पन्न हुने परिस्थितीको जिम्मेवारी स्वयं सम्बन्धित पक्ष र पत्रकारहरुले नै लिनुपर्ने दबाब दिदै एकीकृत नेकपा माओवादी र नेकपा–माओवादीले धम्किपुर्ण बिज्ञप्ती जारी गरेपछि दैलेखका पत्रकारले असुरक्षित महसुस गरेका हुन् ।नेपालब्रिटेन;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै